default_image

5 years ago

November 16, 2018

रशिला तीन विधाको उपाधिनजिक, पुरुषतर्फ रत्न र दीपेश फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको तीन विधाको उपाधिनजिक पुगेकी छन् । युवा प्रतिभा रशिला महिला एकल र महिला युगल र यु—१७ गर्ल्स गरी तीनै विधाको उपाधिनजिक पुगेकी हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको महिला एकलतर्फको सेमिफाइनलमा साविकको […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको तीन विधाको उपाधिनजिक पुगेकी छन् ।

युवा प्रतिभा रशिला महिला एकल र महिला युगल र यु—१७ गर्ल्स गरी तीनै विधाको उपाधिनजिक पुगेकी हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको महिला एकलतर्फको सेमिफाइनलमा साविकको विजेता नेपाल एपिएफ क्लबकी जेसिका गुरुङलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगिन् । रशिलाले जेसिकामाथि २१–१३ र २१–११ को सहज जित निकालिन । अब रशिलाले उपाधिका लागि शनिबार आफ्नै क्लबकी नङ्सल देवी तामाङको सामना गर्नेछिन् । नङ्सलले एपिएफकी शोभा गौचनमाथि २१–१२ र २१–८ को जित निकालेकी थिइन् ।

यस्तै रशिलाले यू—१७ गर्ल्सतर्फ मोरङकी रोज पाण्डेलाई २१–९ र २१–६ को सोझो सेटमा पराजित गरिन् । यस्तै दोश्रो खेलमा सेनाकै रञ्जना भट्टले मोरङकै सिमा राजबंशीलाई २१–१६ र २१–१५ ले पन्छाउंदै फाईनल प्रवेश गरिन् । यसैगरि रशिलाले नङ्शल तामासँग मिलेर महिला युगलतर्फ पनि जित निकाल्दै उपाधी नजिक पुगेकी छिन् । रशिला र नङशल जोडीले जेष्टकी सिता राई र बाँकेकी संझना शर्माको जोडीलाई २१–११, २१–११को सोझो सेटमा हराइन् ।

अब रशिला र नङ्शलको जोडीले फाईनलमा एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङको सामना गर्नेछिन् । पुजा र जेशिकाको जोडीले सेनाका अमिता गिरी र अनुमाया राईको जोडीलाई २१–१४, १७–२१ र २१–१३ ले पराजित गरिन् । यू—१७ ब्वाईजतर्फको खेलम अन्तराष्ट्रिय स्वर्ण पदकधारी प्रिन्स दाहाल जेष्टका प्रियांन्सु सिंह क्षेत्रीलाई २१–१२, २१–९ ले पाखा लगाउँदै फाईनल प्रवेश गरे । उनले अव फाईनलमा सेनाका दिवस शंकर संग प्रतिस्पर्धा गर्नेछन् । शंकरले जेष्टकै पेम्बा शेर्पालाई २१–१४, १५–२१, २१–१२ ले पराजित गर्दै फाईनलमा प्रिन्ससँगको भेट पक्का गरेका हुन् ।

नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकल तर्फ सेनाका रत्नजित तामाङ र एपिएफका दीपेश धामीले उपाधि भिडन्त पक्का गरे । नेपाल च्याम्पियन तथा साविकको विजेता रत्नजितले आफ्नै क्लबका रुकेश महर्जनमाथि २१–११ र २१–१४ को जित निकाले । दिपेशले सेनाका नविन श्रेष्ठलाई २१–१७ र २१–६ ले पाखा लगाउदै रत्नसँगको भेट पक्का गरे ।

पुरुष युगल तर्फ सेनाका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीले फाईनलमा एपिएफका दिपेश धामी र विजित थापा मगरको जोडी संगको भेट पक्का गरे । तामाङ्ग र नविनको जोडीले सेनाकै रुकेश महर्जन र प्रफुल महर्जनलाई २१–१५, २१–१९ ले तथा धामी र मगरको जोडीले एपिएफकै गौतम कठायत र सुनिल जोशीको जोडीलाई २१–१७, १९–२१ र २१–१८ ले पाखा लगाउँदै फाईन प्रवेश गरेका हुन् ।

मास्टर्स ४५ बर्ष माथीको खेलमा आर्मीका सुभाष श्रेष्ठ र भूमि गुरुङको जोडीले फाईनल यात्रा तय गरे । श्रेष्ठ र गुरुङको जोडीले जेष्ट ब्याडमिन्टनका अनुज पौडेल र प्रेम घलेको जोडीलाई २१–१५ र २१–१७ ले पराजित गरे । यस्तै अर्को खेलम जेष्ट ब्याडमिन्टनका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडीले ललितपुरका सुनिल मान शाक्य र पूर्ण भक्त चित्रकारको जोडीलाई २१–११ र २१–११ ले पन्छाउँदै फाईलन प्रवेश गरे ।

Success

Thank you for your time.