default_image

5 years ago

November 17, 2018

रत्नजित लगातार सातौं पटक च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर वान तथा साविकको विजेता त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ लगातार सातौंपटक पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् । शनिबार सम्पन्न योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा चिरपरिचित प्रतिद्धन्द्धी नेपाल एपिएफ क्लबका दिपेश धामीलाई २–० को सोझो सेटमा पराजित गर्दै रत्नजित लगातार सातौपटक च्याम्पियन बन्न सफल […]

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर वान तथा साविकको विजेता त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ लगातार सातौंपटक पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

शनिबार सम्पन्न योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा चिरपरिचित प्रतिद्धन्द्धी नेपाल एपिएफ क्लबका दिपेश धामीलाई २–० को सोझो सेटमा पराजित गर्दै रत्नजित लगातार सातौपटक च्याम्पियन बन्न सफल भएका हुन् । यससँगै रत्नले भदौमा भएको जेस्ट ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा बेहोरेको हारको बदला लिए । रत्नजित त्यतिबेला फाइनलमा धामीसँग २–० को सेटमा पराजित भएका थिए ।

पहिलो सेटमा २१–११ को सहज जित निकालेको रत्नले दोस्रो सेटमा २१–१६ को जित हात पारे । दोस्रो सेटमा एक समय १२-१६ ले पछाडी रहेका रत्नले लगातार ९ अंक जोड्दै उपाधि पक्का गरेका हुन् । उपाधिसँगै रत्नले ५० हजार रुपैयाँ प्राप्त गरे । दोस्रो भएको धामीले २० हजार तथा सेमिफाइनलमा पराजित भएका आर्मीका नवीन श्रेष्ठ र रुकेश महर्जनले समान १० हजार पाए ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलतर्फको खेलम आर्मीकी नङ्शलदेवी तामाङले आफ्नै क्लबकी रशिला महर्जनमाथि २–१ को जित निकाल्दै च्याम्पियन बनिन् । प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा नङ्सलले २२–२० को कठिन जित निकालेकी थिइन् । दोस्रो सेट १५–२१ ले गुमाएपनि निर्णायक सेटमा नङ्सलले २१–१८ को जित निकाल्न सफल भइन्। नङ्सल अघिल्लो संस्करणको फाइनलमा एपीएफकी जेसिका गुरुङसँग पराजित भएकी थिइन् । च्याम्पियन बनेसँगै नङ्सलले ५० हजार र उपविजेता रशिलाले २५ हजार रुपैयाँ प्राप्त गरे । सेमिफाइनलमा पराजित एपीएफकी शोभा गौचन र जेशिका गुरुङले जनही १० हजार पाए ।

नेपाल खेलकुद महासंघ अन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको पुरुष युगलतर्फ आर्मीका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडी च्याम्पियन बने । रत्न र नविनको जोडीले एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडीमाथि २२–२०, २०–२२ र २१–११ को जित निकाले । शीर्ष तीन स्थान प्राप्त गर्ने जोडीले नगद २०, १० र ५ हजार पाए । संयुक्त तेस्रो स्थानमा आर्मीका रुकेश महर्जन र प्रफुल महर्जन तथा एपीएफका गौतम कठायत र सुनिल जोशीको जोडी रहे ।

महिला युगलतर्फ एपीएफका पुजा श्रेष्ठ र जेशिका गुरुङको जोडीले उपाधी हात पारे । श्रेष्ठ र गुरङको जोडीले सेनाका नङ्शल तामाङ र रशिला महर्जनको जोडीलाई २१–१३ र २१–१४ को सोझो सेटमा पराजित गरे । विजयी जोडीले नगद २० हजार तथा दोस्रो भएको जोडीले १० हजार पाए । संयुक्त तेस्रो भएका जेष्टकी सीता राई र बाँकेकी सम्झना शर्मा तथा सेनाका अमिता गिरी र अनुमाया राई जोडीले ५–५ हजार पाए ।

यू—१७ ब्वाईजतर्फ दुवई जुनियर अन्तर्राष्ट्रिय सिरिजका स्वर्ण पदकधारी सिल्क ग्रुपका प्रिन्स दाहालले सेनाका दिवस शंकरलाई २१–१६ र २१–५ को सेटमा पराजित गर्दै च्याम्पियन बने । प्रिन्सले नगद १५ हजार तथा दोस्रो भएको दिवसले ७ हजार पाए । सेमिफाइनलिस्ट जेस्टका प्रियान्सु सिंह क्षेत्री र पेम्बा शेर्पाले समान ५ हजार पाए ।

गर्ल्स यू-१७ तर्फ खेलमा आर्मीककी रशिलाले आफ्नै क्लबकी रञ्जना भट्टलाई २१–५ र २१–५ ले पाखा लगाउँदै उपाधि हात पारिन् । महर्जनले नगद १५ हजार तथा रञ्जनाले नगद ७ हजार पाइन् । तेश्रो स्थानमा रहेका मोरङका रोज पाण्डे र सीमा राजबंशीले समान ५ हजार पाइन् ।

यस्तै मास्टर्स ४५ बर्ष माथिको प्रतियोगितामा सेनामा सुभाष श्रेष्ठ र भूमि गुरुङको जोडीले बाजी मार्यो । सुभाष र भूमिको जोडीले जेष्टका नविन बाबु श्रेष्ठ र श्याम पराजुलीको जोडीमाथि १६–२१, २१–१६ र २१–१६ को सेटमा जित निकाले । तेस्रो स्थानमा जेष्टका अनुज पौडेल र प्रेम घले तथा ललितपुरका सुनिल मान शाक्य र पुर्ण भक्त चित्रकारको जोडी रहे । शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद २०, १० र ५–५ हजार पाए ।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशव कुमार बिष्ट लगायतले पुरस्कार वितरण गरेका थिए । २७ कार्तिकबाट सुरु भएको प्रतियोगितामा प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, ब्वाइज यू–१७, गर्ल्स यू–१७ र भेट्रान्स ४५ वर्षमाथि गरी ७ विधामा प्रतिस्पर्धा भएको थियो ।

Success

Thank you for your time.