default_image

5 years ago

November 28, 2018

दक्षिण एसियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिपः नेपाल र भारत फाईनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भारत दक्षिण एशियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स्ड टिम ईभेन्टसको फाइनलमा प्रवेश गरेका छन् । हल्चोकस्थित नेपाल एपीएफो मुख्यालयको कोर्टमा बुधबार भएको सेमिफाइनलमा नेपालले बंगलादेशलाई ३–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । नेपालका नविन श्रेष्ठले पुरुष एकलमा बंगलादेशका गौरव सिंहलाई २१–१३, १८–२१ र २१–१८ ले पराजित गरे । […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भारत दक्षिण एशियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स्ड टिम ईभेन्टसको फाइनलमा प्रवेश गरेका छन् ।

हल्चोकस्थित नेपाल एपीएफो मुख्यालयको कोर्टमा बुधबार भएको सेमिफाइनलमा नेपालले बंगलादेशलाई ३–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । नेपालका नविन श्रेष्ठले पुरुष एकलमा बंगलादेशका गौरव सिंहलाई २१–१३, १८–२१ र २१–१८ ले पराजित गरे । यस्तै महिलातर्फ रशिला महर्जनले बंगलादेशकी फारविन विन्ते ईमडाडलाई २१–८ र २१–५ ले तथा नविन श्रेष्ठ र प्रिन्स दाहालको जोडीले बंगलादेशका गौरव सिंह र मंगल सिंहको जोडीलाई २१–१५ र २१–१६ ले पाखा लगाए ।

अव नेपालले उपाधिका लागि नेपाललेभारतको सामना गर्ने भएको छ । यसअघि नेपालले माल्दिभ्सलाई ४–१ ले पराजित गर्दै समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गरेको थियो । यस्तै अर्को सेमिफाइनलमा भारतले श्रीलंकालाई ३–० ले नै पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गर्यो ।

भारतले पुरुष एकलमा प्रियान्सु रजावतले श्रीलंकाका रन्थुस्का सासिन्धुलाई २३–२५, २१–१२ र २१–१७ ले हराए । यस्तै महिला एकलमा भारतकी माल्विका बंसोदले श्रीलंकाकी दिल्मी दियासलाई २१–१२ र २१–१४ ले तथा पुरुष युगलमा भारतका बिष्णुबर्दन गौड र ध्रुव रावतको जोडीले श्रीलंकाका चामथ दियास र चिराथ ईलुपेरुमाचीको जोडीलाई १९–२१, २१–९ र २१–१० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

भारत अघिल्लो संस्करणको विजेता हो । मिक्स्ड टिम ईभेन्टसको फाइनल बिहिबार हुनेछ ।

Success

Thank you for your time.