default_image

5 years ago

April 14, 2019

आर्मी र एपीएफसँगै दुई प्रदेश अन्तिम चारमा

नेपालगन्ज (हाम्रो खेलकुद) – विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबसँगै सुदूरपश्चिम र प्रदेश १ आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको महिला टिम ईभेन्ट्समा अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् । आर्मीले प्रतियोगिताको पहिलो दिन आईतबार कर्णाली प्रदेशलाई २ – ० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । अब […]

38 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबसँगै सुदूरपश्चिम र प्रदेश १ आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको महिला टिम ईभेन्ट्समा अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् ।

आर्मीले प्रतियोगिताको पहिलो दिन आईतबार कर्णाली प्रदेशलाई २ – ० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । अब आर्मीले सुदूरपश्चिम प्रदेशसँग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिमले प्रदेश २ माथि २ – ० को नै जित निकाल्दै सेमिफाईनल यात्रा तय गरेको हो ।

यस्तै एपीएफले प्रदेश ५ लाई २ – ० ले पाखा लगाउँदै प्रदेश १ सँग सेमिफाइनल भेट पक्का गरेको हो । प्रदेश १ ले गण्डकी प्रदेशलाई २ – ० को जित निकाल्दै सेमिमा प्रवेश गर्यो ।

Success

Thank you for your time.