default_image

5 years ago

April 27, 2019

भारतका विकासलाई हराउँदै प्रिन्स फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल थाइल्यान्डको बैंककमा जारी योनेक्स सिंगा–रोजा बिटिवाई इन्टरनेशनल च्याम्पियनसिप–२०१९ को ब्वाइज यु–१७ को फाइनलमा प्रवेश गरेका छन् । प्रिन्सले यु–१७ तर्फ शनिबार सेमिफाइनलमा भारतका विकास यादवलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधिनजिक पुगेका हुन् । एकपक्षीय बनेको खेलमा प्रिन्सले पहिलो सेट २१–९ र दोस्रो सेट […]

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल थाइल्यान्डको बैंककमा जारी योनेक्स सिंगा–रोजा बिटिवाई इन्टरनेशनल च्याम्पियनसिप–२०१९ को ब्वाइज यु–१७ को फाइनलमा प्रवेश गरेका छन् ।

प्रिन्सले यु–१७ तर्फ शनिबार सेमिफाइनलमा भारतका विकास यादवलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधिनजिक पुगेका हुन् । एकपक्षीय बनेको खेलमा प्रिन्सले पहिलो सेट २१–९ र दोस्रो सेट २१–१३ ले सहजै आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान बनाएका हुन् । अब प्रिन्सले फाइनलमा भारतका गन्धहाम प्रनभ राओसँग प्रतिस्पर्धा गर्नेछन् ।

त्यसअघि शनिबारै भएको क्वाटरफाइनलमा प्रिन्सले तेस्रो वरीयता प्राप्त थाइल्यान्डका नाथाप्पे श्रीयानलकलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका थिए ।

योनेक्स सिंगा–रोजा बिटिवाई इन्टरनेशनल च्याम्पियनसिप–२०१९ मा यु–१९, यु–१७, यु–१५, यु–१३, यु–११, मिक्स डबल्स् र डबल्स्मा २२ राष्ट्रका करिव १ हजार ९ सय खेलाडीको सहभागिता रहेको छ । यु–१७ मा २५६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Success

Thank you for your time.