default_image

5 years ago

September 14, 2019

दिपेशलाई पराजित गर्दै रत्न पुष्पलालमा लगातार आठौंपटक च्याम्पियन

इटहरी (हाम्रो खेलकुद)-नेपाली सेनाका रत्नजित तामाङ आठौपटक योनेक्स सनराईज नवौं पुष्पलाल स्मृती ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टनको च्याम्पियन बनेका छन् ।आठौंपटक उपाधि जित्ने क्रममा रत्नले चिरपरचित प्रतिद्धन्द्धी विभागीय नेपाल एपीएफका दिपेश धामीलाई २–० को सोझो सेटमा पराजित गरेको हो । प्रतिस्पर्धात्मक पहिलो सेटमा रत्नले दिपेशमाथि २१–१९ को जित निकालेको थियो । एकपक्षीय दोस्रो सेटमा रत्नजित २१–१३ ले […]

37 views

0 Bookmark

इटहरी (हाम्रो खेलकुद)-नेपाली सेनाका रत्नजित तामाङ आठौपटक योनेक्स सनराईज नवौं पुष्पलाल स्मृती ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टनको च्याम्पियन बनेका छन् ।आठौंपटक उपाधि जित्ने क्रममा रत्नले चिरपरचित प्रतिद्धन्द्धी विभागीय नेपाल एपीएफका दिपेश धामीलाई २–० को सोझो सेटमा पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक पहिलो सेटमा रत्नले दिपेशमाथि २१–१९ को जित निकालेको थियो । एकपक्षीय दोस्रो सेटमा रत्नजित २१–१३ ले विजयी भयो । यससँगै रत्नले दाङमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद अन्तरगतको ब्याडमिन्टन प्रतियोगितामा भएको हारमा मलम लगाएका छन् । उक्त प्रतियोगितामा उनी धामीसँग पराजित भएका थिए । भोजपुरका बिकास श्रेष्ठ र सेनाका नविन श्रेष्ठ संयुक्त तेस्रो भए । पहिलो उपाधी भने पूर्व राष्ट्रिय च्याम्पियन विकास श्रेष्ठले जितेका थिए ।

यस्तै राष्ट्रिय च्याम्पियन रशिलाले पूर्व विजेता भोजपुरकी नङ्सलदेवी तामाङलाई पराजित गर्दै पहिलोपटक उपाधि उचालिन् । उनले तामाङमाथि २१–१६ र २१–१५ को सहज जित निकालिन । तेश्रो स्थानमा एपिएफकी जेशिका गुरुङ र राजधानी युथ क्लबका सिमा राजवंशी रहे । बिजयी शिर्ष तीनका खेलाडीहरुले नगद ५० हजार, २५ हजार र १२ हजार ५ सय सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे । बिजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रहेम कुमार सिलवालले पुरस्कृत गरे ।

नेपाल खेलकुद महासंघ, राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनमा भएको प्रतियोगिताको पुरुष खुल्ला एकलतर्फ सेनाका पविन लिनथेपले कैलालीका देवराज रानालाई १९–२१, २१–११ र २१–११ ले पराजित गरे । तेश्रो स्थानमा एपिएफका प्रियान्सु सिंह क्षेत्री र निराजन देवकोटा रहे ।
यसैगरि महिला एकल खुल्लातर्फ कैलालीकी प्रार्थना देउवाले उपाधी चुमिन् । उनले जेष्ट ब्याडमिन्टनकी मनिषा खड्का सुरुवातमा नै खेलका दौरान खुट्टामा चोट आएका कारण खेल परित्याग गरेपछि उपाधि जितेकी हुन् । बाँकेकी सुष्मा श्रेष्ठ र जेष्टकी सफी खत्री तेश्रो भइन् ।

ईटहरी रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगिताको पुरुष युगलमा सेनाका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीले बाजी मा¥यो । रत्न र नविनको जोडीले एपिएफका दिपेश धामी र विजित थापामगरको जोडीलाई १६–२१, २१–१७ र २१–१२ ले पन्छाउँदै उपाधी जितेको हो । बाँकेका रियाज अन्सारी र ईरफान अन्सारी तथा सेनाका रुकेश महर्जन र प्रफुल महर्जनको जोडी तेस्रो भयो ।

यसैगरि महिला युगलतर्फ एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङले जित हात पारे । पुजा र जेशिकाको जोडीले सेनाका रशिला महर्जन र रञ्जना भट्टको जोडीलाई २१–१२ र २१–१३ ले पन्छाउँदै ट्रफी उचाले । सेनाका अमिता गिरी र अनुमाया राईको जोडी तथा बाँके र राजधानी युथ क्लब, मोरङ्गका संझना शर्मा र सिमा राजबंशी रहे । महिला/पुरुष खुल्ला एकल तथा जोडीका बिजयी उच्च तीन स्थानका खेलाडीले नगद २० हजार, १० हजार र ५ हजार सहित ट्रफी प्रमाण पत्र प्राप्त गरे ।

छात्र यु–१७ तर्फ एपिएफका प्रियान्सु सिंह क्षेत्रीले बाजी मारे । उनले कैलालीका अमृत चौधरीलाई २१–१२, १८–२१ र २१–१२ ले पराजित गर्दै उपाधी हात पारे । यस्तै छात्रातर्फ सेनाकी रशिलाले उपाधी चुमिन् । उनले राजधानी युथ क्लब, मोरङकी सिमा राजवंशीलाई २१–५ र २१–३ ले पराजित गरिन् । बिजयी शिर्ष तीनले १० हजार, ७ हजार र ४ हजार नगद तथा ट्रफी, प्रमाण पत्र प्राप्त गरे ।

भेट्रान्स युगलतर्फ पाल्पाका विरेन्द्र सिंह बिष्ट र महेश बज्राचार्यले जित निकाले । बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल लगायतले पुरस्कार वितरण गरेका थिए ।

Success

Thank you for your time.