default_image

5 years ago

September 16, 2019

स्वर्ण विजेता प्रिन्स स्वदेश फर्किए

काठमाडौं (हाम्रो खेलकुद) – दुबईमा सम्पन्न दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजको यु–१९ ब्वाइजमा स्वर्णपदक जितेका जुनियर ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल सोमबार स्वदेश फर्किएका छन् । दुवईस्थित एनएएस स्पोर्टस् कम्प्लेक्समा आइतबार भएको फाइनलमा प्रिन्सले प्रतियोगिताको शीर्ष वरीयताका तथा विश्वको नवौं वरीयताका भारतका वरुण कपुरलाई २–० को सोझो सेटमा पराजित गर्दै स्वर्णपदक हात पारेका हुन् । निकै […]

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुबईमा सम्पन्न दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजको यु–१९ ब्वाइजमा स्वर्णपदक जितेका जुनियर ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल सोमबार स्वदेश फर्किएका छन् ।

दुवईस्थित एनएएस स्पोर्टस् कम्प्लेक्समा आइतबार भएको फाइनलमा प्रिन्सले प्रतियोगिताको शीर्ष वरीयताका तथा विश्वको नवौं वरीयताका भारतका वरुण कपुरलाई २–० को सोझो सेटमा पराजित गर्दै स्वर्णपदक हात पारेका हुन् । निकै नै प्रतिस्पर्धात्मक खेलमा प्रिन्सले गतवर्षको विजेता वरुण कपुरमाथि दुवै सेटमा २१–१९ र २१–१९ को जित निकालेका थिए । वरुण विश्व वरीयतामा नवौं स्थानमा रहेका छन् ।

प्रिन्स र उनका प्रशिक्षक कमलेश निरौलालाई स्वागत गर्न विमानस्थलमा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ उपस्थित थिए । उनीसँगै संघका उपमहासचिव लवभक्त श्रेष्ठ, सचिव नविनविक्रम शाह, सदस्य दीपक थापा, वरिष्ठ अन्तर्राष्ट्रिय अम्पायर उदय अर्याल लगायत प्रिन्सका परिवारजनको उपस्थिति रहेको थियो ।

गतवर्ष प्रिन्सले यसै प्रतियोगिताको यु–१५ तर्फको उपाधि जितेको थिए । प्रिन्सले मिक्स डबल्समा सानिया चन्दसँग मिलेर रजतपदक हात पारे । यस्तै यु–१९ ब्वाइज डबल्समा नवहान नजिवसँग मिलेर रजतपदक हात पारेका थिए ।

Success

Thank you for your time.