default_image

7 years ago

October 22, 2016

रत्नजित र नङसललाई पाकिस्तानमा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- पाकिस्तानको इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा भाइ रत्नजित तामाङ र दिदी नङसलको जोडीले शुक्रबार स्वर्ण जितेको छ । फाइनलमा रत्न र नङसलको जोडीले पाकिस्तानका मोहम्मद इरफान सइद भट्टी र मेहमोना अमिनको जोडीलाई २१–१३ र २१–१५ ले पराजित गरी ब्याडमिन्टनमा नेपाललाई ऐतिहासिक सफलता दिलायो । नेपाली ब्याडमिन्टनको […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )- पाकिस्तानको इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा भाइ रत्नजित तामाङ र दिदी नङसलको जोडीले शुक्रबार स्वर्ण जितेको छ ।

received_10155346662873032

फाइनलमा रत्न र नङसलको जोडीले पाकिस्तानका मोहम्मद इरफान सइद भट्टी र मेहमोना अमिनको जोडीलाई २१–१३ र २१–१५ ले पराजित गरी ब्याडमिन्टनमा नेपाललाई ऐतिहासिक सफलता दिलायो ।

नेपाली ब्याडमिन्टनको इतिहासमा कुनै पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा हालसम्म स्वर्ण जितेका छैनन् । यसअघि दुई भिन्नभिन्नै अन्तर्राष्ट्रिय प्रतियोगितामा सुमिना श्रेष्ठ र पूजा श्रेष्ठले महिला डबल्समा रजत जितेका थिए ।

त्यो नै ब्याडमिन्टनले अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको सबैभन्दा ठूलो उपलब्धि थियो ।

Success

Thank you for your time.