default_image

7 years ago

January 6, 2017

टेनिस च्याम्पियनसिपमा भाग लिन नेपाली टोली थाईल्याण्ड जादै

काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ डिभिजन– २ च्याम्पियनसिप खेल्न नेपाली लनटेनिस टोली शनिबार थाइल्यान्डको बैंकक जाने भएको छ । प्रतियोगितामा समान ३–३ पुरुष/महिला गरी ६ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुष खेलाडीहरुमा सम्यकभूषण वज्राचार्य, आर्यन गिरी र आदित सुवेदी रहेका छन् भने  महिलामा प्रेरणा कोइराला, अभिलाषा विष्ट र सलोनी तामाङ छन् । अभिलाषा भने […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ डिभिजन– २ च्याम्पियनसिप खेल्न नेपाली लनटेनिस टोली शनिबार थाइल्यान्डको बैंकक जाने भएको छ । प्रतियोगितामा समान ३–३ पुरुष/महिला गरी ६ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

tennis

पुरुष खेलाडीहरुमा सम्यकभूषण वज्राचार्य, आर्यन गिरी र आदित सुवेदी रहेका छन् भने  महिलामा प्रेरणा कोइराला, अभिलाषा विष्ट र सलोनी तामाङ छन् । अभिलाषा भने हाल प्रशिक्षणका लागि मलेसियामा रहेकाले उनी त्यत्तैबाट बैंकक जाने कार्यक्रम छ ।  जनवरी ८ देखि सुरु भइ २१ तारिखसम्म चल्ने प्रतियोगितामा रामकृष्ण जिसी प्रशिक्षक रहनेछन ।

टोलीलाई अखिल नेपाल लनटेनिस संघका अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुलले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Success

Thank you for your time.