default_image

3 months ago

January 28, 2024

सिनरलाई अष्ट्रेलियन ओपनको उपाधि

एजेन्सी – पहिलो दुई सेट गुमाएपछि लगातार तीन सेट जितेर उत्कृष्ट पुनरागमन गर्दै इटालियन खेलाडी यानिक सिनरले अष्ट्रेलियन ओपन टेनिस २०२४ को उपाधि जितेका छन् । आफ्नो पहिलो ग्रान्ड स्ल्याम उपाधि जित्ने क्रममा सिनरले सानदार पुनरागमन गर्दै रसियन खेलाडी ड्यानिल मेडभेडेभ माथि ३-२ ले जित दर्ता गरेका हुन् । सिनर पहिलो दुई सेट ६-३, ६-३ […]

184 views

0 Bookmark

एजेन्सी – पहिलो दुई सेट गुमाएपछि लगातार तीन सेट जितेर उत्कृष्ट पुनरागमन गर्दै इटालियन खेलाडी यानिक सिनरले अष्ट्रेलियन ओपन टेनिस २०२४ को उपाधि जितेका छन् । आफ्नो पहिलो ग्रान्ड स्ल्याम उपाधि जित्ने क्रममा सिनरले सानदार पुनरागमन गर्दै रसियन खेलाडी ड्यानिल मेडभेडेभ माथि ३-२ ले जित दर्ता गरेका हुन् ।

सिनर पहिलो दुई सेट ६-३, ६-३ ले हारेका थिए । सोझो सेटमा पराजित हुने सम्भावना पनि प्रवल थियो । तर सिनरले उत्कृष्ट खेलमा खेल्दै जित दर्ता गर्न सफल भए ।

उनले तेस्रो सेट ६-४ ले जिते । ५-४ ले अघि रहेको अवस्थामा मेडभेडेभको सर्भिस गेम ब्रेक गर्दै उनले तेस्रो सेट ६-४ के जित्न सफल भए । चौथो सेटमा पनि सोही नतिजा दोहोरियो ।

पाँचौं सेटमा भने ३-२ ले अगाडि रहेको अवस्थामा सिनरले ब्रेक गरे । त्यसपछिका आफ्ना सर्भिस गेमहरु सवै जित्दै उनले आफ्नो पहिलो ग्रान्ड स्ल्याम उपाधि कब्जा गरे ।

सिनरले सेमिफाइनलमा विश्व नम्बर एक, २४ ग्रान्ड स्ल्याम विजेता नोभाक जोकोभिच माथि जित दर्ता गरेका थिए । सेमिफाइनल पुग्दा सम्म उनले एक सेट पनि हारेका थिएनन् ।

सिनर अष्ट्रेलियन ओपन जित्ने पहिलो इटालियन खेलाडी समेत हुन् । १९७६ पछि उनी ग्रान्ड स्ल्याम जित्ने पहिलो इटालियन खेलाडी समेत बनेका छन् । २२ वर्षीय सिनरको यो पहिलो ग्रान्ड स्ल्याम फाइनल समेत थियो ।

Success

Thank you for your time.