default_image

1 week ago

April 23, 2024

प्रदीप र ऋतिक सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन प्रदीप खड्का, ऋतिक राणा, प्रणव खनाल र प्रणव मानन्धर दसौं सिटिजन्स बैंक खुल्ला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रदीपले मंगलबार भएको खेलमा आयुशमान हजुर घलेलाई ६–० र ६–३ को सोझो सेटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरे । ऋतिकाले आशिष खड्कालाई ६–२ र ६–३ ले सहजै […]

125 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन प्रदीप खड्का, ऋतिक राणा, प्रणव खनाल र प्रणव मानन्धर दसौं सिटिजन्स बैंक खुल्ला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रदीपले मंगलबार भएको खेलमा आयुशमान हजुर घलेलाई ६–० र ६–३ को सोझो सेटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरे । ऋतिकाले आशिष खड्कालाई ६–२ र ६–३ ले सहजै हराए ।

प्रणव खनालले उत्कृष्ट पूनरागमन गर्नेक्रममा आर्यन गिरीलाई ६–७, ६–४ र ६–२ ले पराजित गरे । प्रणव मानन्धरले निशान श्रेष्ठलाई १–६, ६–३ र ६–२ ले हराउँदै अन्तिम चारको यात्रा तय गरे ।

प्रतियोगिताको मिक्स डबल्समा प्रदीप खड्का र माहिका राणा, आइशा डोल्कर गुरुङ र आर्यन गिरी, सुमन लामा र भगवती विक तथा ऋतिक राणा र अभिलाषा विष्टको जोडी सेमिफाइनलमा पुगेको छ ।

भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा सन्जिवकुमार श्रेष्ठ र दुर्गा केसी, मनोज श्रेष्ठ र अञ्जन बानियाँ, भीष्मजंग गुरुङ र देव क्षेत्री तथा नवीन श्रेष्ठ र सुकमान तामाङको जोडीले अन्तिम चारमा पुगेको छ ।

Success

Thank you for your time.