default_image

7 years ago

July 16, 2017

फेडेररलाई कीर्तिमानी आठौं विम्बल्डन उपाधि

एजेन्सी – स्विट्जरल्यान्डका रोजर फेडेररले फाइनलमा क्रोएसियाका मारिन सिलीचलाई सोझो सेटमा पराजित गर्दै आठौं पटक प्रतिष्ठित ग्रयाण्डस्ल्याम प्रतियोगिता विम्बल्डनको उपाधि जितेका छन्। आफ्नो करियरको १९औं ग्रयाण्डस्ल्याम उपाधि जित्ने क्रममा उनले सिलीचलाई ६-३, ६-१ र ६-४ले पराजित गरेका थिए। ३५ वर्षीय फेडेररले १ घण्टा ४१ मिनेट चलेको खेलमा एस प्रहार गर्दै उपाधि पक्का गरेका थिए। उनले […]

38 views

0 Bookmark

एजेन्सी – स्विट्जरल्यान्डका रोजर फेडेररले फाइनलमा क्रोएसियाका मारिन सिलीचलाई सोझो सेटमा पराजित गर्दै आठौं पटक प्रतिष्ठित ग्रयाण्डस्ल्याम प्रतियोगिता विम्बल्डनको उपाधि जितेका छन्। आफ्नो करियरको १९औं ग्रयाण्डस्ल्याम उपाधि जित्ने क्रममा उनले सिलीचलाई ६-३, ६-१ र ६-४ले पराजित गरेका थिए।

तस्बिर: रोएटर्स

३५ वर्षीय फेडेररले १ घण्टा ४१ मिनेट चलेको खेलमा एस प्रहार गर्दै उपाधि पक्का गरेका थिए। उनले सन् २०१२यता पहिलो पटक विम्बल्डनको उपाधि जितेका हुन्। यसअघि सन् १८८९मा विलियम रेन्स र सन् २०००मा पिट साम्प्रासले पनि सातौं विम्बल्डन उपाधि जितेका थिए। यद्दपी महिलातर्फ भने मारिना नाव्रातिलोभाले ९ पटक विम्बल्डनको उपाधि जितेकी छिन्।

फेडेरर यस जितसँगै १५ उपाधि जितेका राफेल नाडालभन्दा ४ उपाधिले अगाडी छन्। उनि टेनिस इतिहासमा समान १९ उपाधि जितेका हेलेन विल्स मुडीसँग समान चौथो स्थानमा रहेका छन्। शीर्षस्थानमा २४ उपाधि जितेका मार्गारेट कोर्ट रहेका छन्।

Success

Thank you for your time.