default_image

7 years ago

September 5, 2017

फेडेरर र डेल पोर्टाे क्वार्टरफाइनलमै भिड्ने

एजेन्सी (न्यूयोर्क)- स्वीस रोजर फेडेरर र अर्जेन्टाइन हुवान मार्टिन डेल पोर्टाे अमेरिकामा जारी वर्षको अन्तिम ग्राण्डस्लाम युएस ओपन टेनिस प्रतियोगिताको क्वार्टर फाइनलमै भिड्ने भएका छन् । न्यूयोर्कमा भएको प्रि क्वार्टरफाइनल खेलमा डेल पोर्टाेले डोमिनिक थिमलाई पराजित गर्दै क्वार्टर फाइनलमा फेडेररसँगको भेट पक्का गरेका हुन् । फेडेररले मंगलबार बिहान नै फिलिप कोलस्क्रेबरलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान […]

42 views

0 Bookmark

एजेन्सी (न्यूयोर्क)- स्वीस रोजर फेडेरर र अर्जेन्टाइन हुवान मार्टिन डेल पोर्टाे अमेरिकामा जारी वर्षको अन्तिम ग्राण्डस्लाम युएस ओपन टेनिस प्रतियोगिताको क्वार्टर फाइनलमै भिड्ने भएका छन् ।

न्यूयोर्कमा भएको प्रि क्वार्टरफाइनल खेलमा डेल पोर्टाेले डोमिनिक थिमलाई पराजित गर्दै क्वार्टर फाइनलमा फेडेररसँगको भेट पक्का गरेका हुन् । फेडेररले मंगलबार बिहान नै फिलिप कोलस्क्रेबरलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेका थिए । २४ औं वरियताका पोर्टाेले डोमेनिकलाई पराजित गर्न ३ घण्टा ३५ मिनेटको समय खर्चिएको थियो ।

डेल पोर्टाेले शुरुवाती दुई सेट ६–१ र ६–२ ले गुमाएपनि त्यसपछिका बाँकी तीन सेटमा उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टर फाइनल पुग्न सफल भएका हुन् । पोर्टाेले तेस्रो सेट ६–१, चौथो सेट ७–६ र निर्णायक सेट ६–४ ले आफ्नो पक्षमा पारेको थियो । डोमेनिकमाथिको रोमाञ्चक जितसँगै डेल पोर्टाेले टेनिस करियरमा अर्काे एउटा ऐतिहासिक जित निकालेको बताए ।

‘मैले दोस्रो सेटमै खेल छाड्ने मनासाय बनाइसकेको थिए । मैले राम्रो खेल्न सकिरहेको थिएन तर, मैले हिम्मत हारिन ।’ २८ वर्षीय डेल पोर्टाेले भने, ‘डोमिनिकले मलाई खेलमा पछि पारिरहेको थियो । तर, उपचारपछि मैले आफुलाई सम्हाले र जित निकाल्न सके ।’

यस्तै तेस्रो वरियताका फेडेररले जर्मनीका फिलिप कोलस्क्रेबरलाई ६–४, ६–२ र ७–५ ले पराजित गर्दै क्वार्टर फाइनलमा पुग्न सफल भयो ।क्वार्टर फाइनलकै अर्काे खेलमा शीर्ष वरियताका नाडालले रुवेलेभसँग प्रतिस्पर्धा गर्नेछन् ।

Success

Thank you for your time.