default_image

7 years ago

October 15, 2017

सारापोभा दुईवर्षपछि च्याम्पियन

तियानजिन (एजेन्सी)-पूर्व विश्व नम्वर एक महिला टेनिस खेलाडी मारिया सारापोभाले दुई वर्षपछि टेनिस प्रतियोगिताको च्याम्पियन बन्न सफल भएकी छन् । चिनको तियानजिनमा भएको तियानजिन ओपन टेनिसको महिला तर्फ रसियन टेनिस सुन्दरी मारिया सारापोभोले आर्यना सावालेन्कालाई २–० को सोझो सेटमा पराजित गर्दै दुई वर्षपछि च्याम्पियन बन्न सफल भएका हुन् । एन्टी डोपिङको प्रतिबन्धमा परेपछि १५ महिना […]

45 views

0 Bookmark

तियानजिन (एजेन्सी)-पूर्व विश्व नम्वर एक महिला टेनिस खेलाडी मारिया सारापोभाले दुई वर्षपछि टेनिस प्रतियोगिताको च्याम्पियन बन्न सफल भएकी छन् । चिनको तियानजिनमा भएको तियानजिन ओपन टेनिसको महिला तर्फ रसियन टेनिस सुन्दरी मारिया सारापोभोले आर्यना सावालेन्कालाई २–० को सोझो सेटमा पराजित गर्दै दुई वर्षपछि च्याम्पियन बन्न सफल भएका हुन् ।

एन्टी डोपिङको प्रतिबन्धमा परेपछि १५ महिना कोर्ट बाहिर रहेकी सारापोभा गत अप्रिलबाट टेनिस कोर्टम फर्केकी थिईन् । सारापोभाले प्रतिबन्धमा पर्नुअघि सन् २०१५ मे मा इटालियन ओपन जितेकी थिईन् । त्यसपछि शक्तिबर्धक औषधी सेवन गरेको भन्दै सारापोभालाई १५ महिनाको लामो प्रतिबन्ध सुनाइएको थियो ।

आइतबार भएको फाइनल खेलमा सारापोभाले प्रतिस्पर्धात्मक रुपमा आर्यना सावालेन्कालाई पराजित गरेकी हुन् । पहिलो सेट मुस्किलले ७–५ ले आफ्नो पक्षमा पारेको सारापोभाले दोस्रो सेट जित्न भने ठुलै संघर्ष गर्नुपरेको थियो । दोस्रो सेट सारापोभाले ७–६ ले आफ्नो पक्षमा पार्न सफल भईन् ।

Success

Thank you for your time.