default_image

8 years ago

December 23, 2015

मायाँका, माहिका, क्याथ्रिन र एनी सेमिफाइनलमा

जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणा तथा अर्का जुम्ल्याहा दिदीबहिनी क्याथ्रिन र एनी माथेमा १४ औं जयकर स्मृति जुनियर राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको यु–१८ गल्र्स सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा मायांकाले विभूति कार्कीलाई ६–२ र ६–१, माहिकाले खुशी पाण्डेलाई ६–० र ६–० तथा एनीले विजिशा श्रेष्ठलाई ६–३ र ६–४ को […]

63 views

0 Bookmark

जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणा तथा अर्का जुम्ल्याहा दिदीबहिनी क्याथ्रिन र एनी माथेमा १४ औं जयकर स्मृति जुनियर राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको यु–१८ गल्र्स सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

Ani Mathema

जयकर स्मृति टेनिसको यु–१८ गल्र्स सिंगल्समा एनी माथेमा विजिशा विरुछ ।

सातदोबाटोस्थित टेनिस कोर्टमा मायांकाले विभूति कार्कीलाई ६–२ र ६–१, माहिकाले खुशी पाण्डेलाई ६–० र ६–० तथा एनीले विजिशा श्रेष्ठलाई ६–३ र ६–४ को सोझो सेटमा पराजित गरे । क्याथ्रिनले इशिका अग्रवालबाट वाकओभर पाइन् ।

मनजयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यु–१८ ब्वाइज सिंगल्समा रेन्जन लामा र विवेक श्रेष्ठ फाइनलमा पुगे । रेन्जनले सक्षम कार्कीलाई ६–४ र ६–० तथा विवेकले एन्थनी राईलाई २–६, ६–२ र ७–५ को सेटमा हराए ।

गल्र्स डबल्समा क्याथ्रिन र एनीको जोडीले इरा रावत र अभिलाषा विष्टको जोडीलाई ६–२ र ६–० ले निराश पार्दै अर्को जुम्ल्याहा जोडी मायांका र माहिकाको जोडीसंग उपाधि भिडन्त पक्का गरे ।

ब्वाइज डबल्समा रेन्जन लामा र सक्षम कार्कीको जोडीले प्रशान्त बस्नेत र दीपेश खत्रीको जोडीलाई ७–५ ६–१ तथा अदित सुवेदी र सहर्ष बीबी चन्दको जोडीले विनय बतास र छविलाल रावतलाई ६–२ र ६–२ को सेटमा पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।

यु–१० गल्र्स सिंगल्समा इशाश्री शाहले शिवाङ्गीलक्ष्मी शाहलाई ८–१ तथा रायना शाहले मन्दिरा आले मगरलाई ८–० ले पन्छ्याउदै फाइनलमा पुगे । यु–९ गल्र्स सिंगल्समा शिवाङ्गीले प्रशंसा मोक्तानलाई ८–० तथा इभा अधिकारीले समृद्धि श्रेष्ठलाई ८–४ ले पराजित गर्दै फाइनल यात्रा तय गरे ।

यु–१० ब्वाइज सिंगल्समा अदित सुवेदी, आरभसम्राट हाडा, रिजन श्रेष्ठ र अकी जुवेन रावत सेमिफाइनलमा पुगेका छन् । यु–९ ब्वाइज सिंगल्समा पनि यि चारै खेलाडी सेमिफाइनलमा स्थान बनाउन सफल रहे ।

यु–१४ ब्वाइज सिंगल्समा दीपेश केसी, विनय बतास, आर्यन गिरी र सहर्ष चन्द आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउदै सेमिफाइनलमा पुग्न सफल भए ।

Success

Thank you for your time.