default_image

6 years ago

April 23, 2018

आईटीएफ एसिया यु–१२ टेनिस छनोटमा नेपालको मिश्रित प्रदर्शन

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसिया यु–१२ टिम टेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले मिश्रित प्रदर्शन गरेको छ ।

Tennis Nepal

सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबारबाट शुरु भएको प्रतियोगितामा ब्वाइजमा जित हात पारेको नेपाल गर्ल्समा भने पराजित भयो । ब्वाइज प्रतिस्पर्धामा नेपालले भुटानलाई ३–० ले पराजित गर्यो ।

सिंगल्समा नेपालका अकि जुवेन रावतले भुटानका टासी निमा क्षिरिङलाई ६–० र ६–० तथा नेपालका आरभसम्राट हाडाले भुटानका शेराब गेल्सेनलाई ६–० र ६–१ को सोझो सेटमा हराए । डबल्समा नेपालका प्रणव मानन्धर र आरभको जोडीले भुटानका जिग्मे पेमा नाम्गे र निमाको जोडीलाई ६–० र ६–० को सीधा सेटमा पन्छाए ।

अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्समा भारतले नेपाललाई ३–० ले पन्छायो । सिंगल्समा भारतकी अन्जली राठीले नेपालकी अजा रेग्मी ६–२ र ६–२ तथा भारतकी श्रुति अहलवतले नेपालकी शुभाङ्गीलक्ष्मी शाहलाई ६–० र ६–१ ले निराश पारे । डबल्समा भारतका दुर्गान्सी र अन्जलीको जोडीले नेपालका आइशा डोल्कर गुरुङ र शुभाङ्गीलाई ६–२ र ६–१ ले पाखा लगाए । अन्य खेलको ब्वाइजमा पाकिस्तानले श्रीलंकालाई ३–० तथा गल्र्समा श्रीलंकाले भुटानलाई ३–० ले पराजित गरे ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे ।

प्रतियोगिताको ब्वाइजमा नेपाल, भारत, श्रीलंका, भुटान र पाकिस्तान गरी ५ राष्ट्रका १५ खेलाडी सहभागी छन् । गल्र्समा ब्वाइजमै सहभागी मध्ये पाकिस्तान बोहक ४ राष्ट्रका १२ खेलाडीले भाग लिएका छन् । छनोटमा पहिलो र दोश्रो हुने टिमले नोभेम्बरमा कजाकिस्तानमा हुने आईटीएफ एसिया यु–१२ टिम टेनिस च्याम्पियनसिपमा सहभागिताको अवसर प्राप्त गर्नेछन् ।

Success

Thank you for your time.