default_image

5 years ago

April 14, 2019

लनटेनिस : एपीएफलाई थप दुई स्वर्ण

बुटवल (हाम्रो खेलकुद) – रुपन्देहीमा जारी आठौ राष्ट्रिय खेलकुदअन्र्तगत लन टेनिसमा एपीएफ क्लबले दुई स्वर्ण थपेको छ । देविनगरस्थित लन टेनिस कोर्टमा आईतबार भएको महिला युगल रपुरुष युगलमा एपीएफले स्वर्ण जितेको हो । महिला युगलको फाईनल खेलमा एपीएफकी सलोनी तामाङ र अस्लेशा लिसानोविचको जोडिले प्रेरणा कोईराला र ऐनी माथेमाको जोडिलाई ६–१ र ६–२ को सोझो […]

52 views

0 Bookmark

बुटवल (हाम्रो खेलकुद) – रुपन्देहीमा जारी आठौ राष्ट्रिय खेलकुदअन्र्तगत लन टेनिसमा एपीएफ क्लबले दुई स्वर्ण थपेको छ । देविनगरस्थित लन टेनिस कोर्टमा आईतबार भएको महिला युगल रपुरुष युगलमा एपीएफले स्वर्ण जितेको हो ।

महिला युगलको फाईनल खेलमा एपीएफकी सलोनी तामाङ र अस्लेशा लिसानोविचको जोडिले प्रेरणा कोईराला र ऐनी माथेमाको जोडिलाई ६–१ र ६–२ को सोझो सेटमा पराजितगर्दै स्वर्ण हात पारेको हो । यसैगरि नेपाली सेनाकी अभिलाषा विष्ट र ईरा रावत तथा क्षेत्र नं ४ कि श्रेया भट्टराई र रोजिता बुद्धाचार्यको जोडी तेस्रो हुदै कास्य पदकमा चित्तबुझाएका छन ।

यसैगरि पुरुष युगलमा एपीएफका आईभन लिसानोविच र जितेन्द्र परियारको जोडीले प्रदेश नं ४ का प्रदिप खड्का र नवीन मगरको जोडिलाई ६–२ र ६–४ को सोझो सेटमापराजित गर्दै संवरण जितेका हुन। यसैगरि धर्म लामिछाने र अनिल शाही तथा छेवाङ लामा र सन्तोष खत्रीको जोडी तेस्रो हुँदै कास्य पदक पाएका छन ।

पुरुष एकलतर्फ आईतबार भएको पहिलो सेमीफाईनल खेलमा एनआरएनका संरक्षणभुषण बज्राचार्यले एपीएफका सन्तोष खत्रीलाई ६–०, ६–३ को सेटमा पराजित गर्दैफाईनलमा प्रवेश गरेका छन । यसैगरि अर्को सेमीफाईनलमा नेपाली सेनाका प्रनव खनालले प्रदेश नं ४ का प्रदिप खड्कालाई ६–३, ७–५ को सेटमा पराजित गर्दै फाईनलमाप्रवेश गरेका छन ।

यसैगरि महिला एकलतर्फको पहिलो सेमीफाईनलमा नेपाली सेनाका अभिलाषा विष्टले प्रदेश नं ३ का रायना शाहलाई ६–२, ६–० को सेटमा पराजित गर्दै फाईनलमा प्रवेशगरेका छन । यसैगरि दोस्रो सेमीफाईनल खेलमा एपीएफकी प्रेरणा कोईरालाले नेपाली सेनाकी ईरा रावतलाई ६–०, ५–७ र ६–२ को जित निकाल्दै फाईनलमा प्रवेश गरेका छन । फाईनल सोमबार हुने छ ।

Success

Thank you for your time.