default_image

4 years ago

June 23, 2020

जोकोभिचलाई पनि कोरोना संक्रमण

एजेन्सी – विश्व नम्बर १ सर्बियन टेनिस स्टार नोभाक जोकोभिचलाई कोरोना संक्रमण पुष्टि भएको छ । सर्बिया र क्रोएसियामा एड्रीए टुर आयोजना गर्न सहयोग गरेका जोकोभिचलाई कुनै लक्षण भने देखिएको छैन । सर्बियामा पहिलो खेल खेलेपछि गत साता नै अर्को खेलका लागि टोली क्रोएसियाको जादारमा पुगेको थियो । खेल सकिएर बेलग्रेड फर्किएपछि जोकोभिचसँगै उनको परिवारको […]

80 views

0 Bookmark

एजेन्सी – विश्व नम्बर १ सर्बियन टेनिस स्टार नोभाक जोकोभिचलाई कोरोना संक्रमण पुष्टि भएको छ । सर्बिया र क्रोएसियामा एड्रीए टुर आयोजना गर्न सहयोग गरेका जोकोभिचलाई कुनै लक्षण भने देखिएको छैन ।

सर्बियामा पहिलो खेल खेलेपछि गत साता नै अर्को खेलका लागि टोली क्रोएसियाको जादारमा पुगेको थियो । खेल सकिएर बेलग्रेड फर्किएपछि जोकोभिचसँगै उनको परिवारको कोरोना परिक्षण गरिएको थियो । जोकोभिच र उनको पत्नी जेलेनामा कोरोना संक्रमण देखिँदा बच्चाहरुको नतिजा भने नेगेटिभ आएको छ ।

क्रोसियामा खेल रद्द भएपछि फर्कने क्रममा उनीहरुको परिक्षण भएको थियो । खेलमा सहभागी अन्य खेलाडीमा पनि संक्रमण देखिएको छ । जोकोभिचले विज्ञप्ति जारी गर्दै उक्त खेलका कारण संक्रमण हुन पुगेका सबैसँग माफी मागेका छन् ।

जोकोभिच भन्दा अगाडी ग्रिगोर डिमीट्रोभ र ब्रोना कोरीचमा पनि संक्रमण देखिएको छ । भिक्टर त्रोइच्कीसँगै उनको गर्भवती पत्नीमा पनि संक्रमण देखिएको पुष्टि भएको छ । क्रोएसियामा लकडाउन खुकुलो भएका कारण खेलाडीले कुनै किसिमको सामाजीक दुरी कायम गरेका थिएनन् । खेलाडीले अंकमाल गर्ने, फोटो खिच्ने लगायत पत्रकार सम्मेलन समेत आयोजना गरेका थिए ।

प्रतियोगितामा सहभागिता जनाउन नमानेका अन्य खेलाडीले भने सामाजिक संजालमा यस खेलको विरोध गरेका थिए । कोरोनाबाट सचेत हुने संदेश पठाउनु पर्नेमा गलत कार्य गरेको भन्दै सामाजिक संजालमा संक्रमति खेलाडीहरु आलोचित भएका छन् ।

Success

Thank you for your time.