default_image

9 years ago

September 7, 2015

नेपाली युवा टेनिस खेलाडिहरुको सनसनिपूर्ण प्रदशन

काठमाडौं भदौ २१ गते । थाइल्यान्डमा हाइपर्फमेन्स टेनिस प्रशिक्षण लिइरहेका नेपाली खेलाडीले त्यहा जारी प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् ।   थाइल्यान्डमा भएको अयोध्याय स्पोर्ट्स टेनिस फेस्टीबलमा नेपाली युथ खेलाडीले सनसनीपूर्ण प्रदर्शन गरेका हुन् । थाइल्यान्ड, लाओस, नेपाल, म्यान्मा र ब्रुनाइका खेलाडीको सहभागिता रहेको प्रतियोगिता अन्तरगत ब्वाइज यु–१० स्पर्धामा नेपालका आर्यन गीरीले पहिलो स्थान […]

54 views

0 Bookmark

काठमाडौं भदौ २१ गते ।

थाइल्यान्डमा हाइपर्फमेन्स टेनिस प्रशिक्षण लिइरहेका नेपाली खेलाडीले त्यहा जारी प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् ।

Sensesnatonal performance by Nepali tennis team

 

थाइल्यान्डमा भएको अयोध्याय स्पोर्ट्स टेनिस फेस्टीबलमा नेपाली युथ खेलाडीले सनसनीपूर्ण प्रदर्शन गरेका हुन् । थाइल्यान्ड, लाओस, नेपाल, म्यान्मा र ब्रुनाइका खेलाडीको सहभागिता रहेको प्रतियोगिता अन्तरगत ब्वाइज यु–१० स्पर्धामा नेपालका आर्यन गीरीले पहिलो स्थान हात पारे । ब्वाइज यु–१२ मा पनि नेपालका सम्यकभुषण बज्राचार्यले पनि पहिलो स्थान हात पारे ।
प्रशिक्षक सूर्यभूषण बज्राचार्यका अनुसार र्गल्स यु–१२ मा सलोनी तामांगले दोस्रो स्थान हात पारिन् । ब्वाइज यु–१४ मा सम्यकले तेस्रो स्थान पाए । र्गल्स यु–१० मा नेपालकी इसाश्री शाह तेस्रो स्थान पाइन् । नेपालले पछिल्लो एक बर्ष युथ टेनिसमा एक पछि अर्को महत्वपूर्ण सफलता पाउदै आएको छ । यस अघि यु–१४ मा संरक्षक भुषण र यु–१६ मा सक्षम कार्कीका साथै र्गल्स स्पर्धामा एनी माथेमा र इरा राउतले पनि एसियाली स्तरमै महत्वपूर्ण सफलता पाइसकेका छन् ।

Success

Thank you for your time.