default_image

8 years ago

September 16, 2016

इरा र अर्नभ च्याम्पियन

काठमाडौँ  – नेपालकी इरा रावत र भारतका अर्नभ पठाङ्गेले केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ ¥याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट २ को उपाधि शुक्रबार जितेका छन् । गत शुक्रबार सम्पन्न सोही प्रतियोगिताको सर्किट १ मा पनि इरा र अर्नभ आ–आफ्नो स्पर्धामा पहिलो भएका थिए। सातदोबाटोस्थित टेनिस कोर्टमा भएको गल्र्स सिंगल्स फाइनलमा इराले नेपालकै अभिलाषा विष्टलाई ६–१ […]

41 views

0 Bookmark

काठमाडौँ  – नेपालकी इरा रावत र भारतका अर्नभ पठाङ्गेले केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ ¥याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट २ को उपाधि शुक्रबार जितेका छन् । गत शुक्रबार सम्पन्न सोही प्रतियोगिताको सर्किट १ मा पनि इरा र अर्नभ आ–आफ्नो स्पर्धामा पहिलो भएका थिए।

साभार: टि.एच.टि

साभार: टि.एच.टि

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको गल्र्स सिंगल्स फाइनलमा इराले नेपालकै अभिलाषा विष्टलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरिन् । नेपालका प्रेरणा कोइराला तेश्रो र सलोनी तामाङ चौथो, भारतकी लक्षण्या विश्वनाथ पाँचौं तथा नेपालका अल्शा रेग्मी छैटौं, इशाश्री शाह सातौं, स्नेहा यादव आठौं, रायना शाह नवौं र प्रियंका चौधरी दसौं स्थानमा रहे ।

केशा ग्रुपको मुख्य प्रायोजन तथा एसियाली टेनिस महासंघ (एटीएफ) को सहयोगमा अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स उपाधि भिडन्तमा अर्नभले नेपालका सम्यकभूषण वज्राचार्यलाई ६–१ र ६–१ कै सीधा सेटमा हराए । नेपालका आदित सुवेदी तेश्रो र आर्यन गिरी चौथो, भारतका श्रीकान्त ठाकुर पाँचौं, नेपालका सहर्ष चन्द छैटौं, इभेक जोशी सातौं र ग्रिजेशमान श्रेष्ठ आठौं तथा भारतका शशिकान्त ठाकुर नवौं र एम्बिसयस गोल्डस्मिथ दसौं भए ।

यसअघि डबल्सको ब्वाइजमा भारतका अर्नभ पठाङ्गे र एम्बिसियस गोल्डस्मिथ तथा गल्र्समा नेपालकी प्रेरणा कोइराला र भारतकी लक्षण्या गोल्डस्मिथ पहिलो भएका थिए । सर्किट २ मा ब्वाइज र गल्र्समा समान १६–१६ खेलाडीले सिंगल्स÷डबल्स गरी चार स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । नेपाली लनटेनिसको इतिहासमै नेपालमा अन्तर्राष्ट्रिय प्रतियोगिता भएको पहिलो पटक भएको हो ।

Success

Thank you for your time.