default_image

9 years ago

September 9, 2015

टेनिसमा डबल्सको क्वाटरफाइनल सम्पन्न

भदौ २३,पोखरा गोपीबहादुर भट्टराई र शक्ति शर्माको जोडि पोखरा रंगशालामा जारी दोश्रो पोखरा ओपन टेनिस प्रतियागिता अन्तर्गत मेन्स डबल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । शरण गुरुङ्ग र धरमबहादुुर लामिछानेको जोडिमाथि संघर्षपूर्ण जित हाासिल गर्दै भट्टराई जोडि सेमिफाइनल पुगेको हो । कास्की जिल्ला टेनिस संघका सदस्य एवं अग्रज टेनिस खेलाडी शान्तामान श्रेष्ठद्वारा आयोजित प्रतियोगिताको पहिलो सेट […]

54 views

0 Bookmark

भदौ २३,पोखरा

गोपीबहादुर भट्टराई र शक्ति शर्माको जोडि पोखरा रंगशालामा जारी दोश्रो पोखरा ओपन टेनिस प्रतियागिता अन्तर्गत मेन्स डबल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

tennis 1

शरण गुरुङ्ग र धरमबहादुुर लामिछानेको जोडिमाथि संघर्षपूर्ण जित हाासिल गर्दै भट्टराई जोडि सेमिफाइनल पुगेको हो । कास्की जिल्ला टेनिस संघका सदस्य एवं अग्रज टेनिस खेलाडी शान्तामान श्रेष्ठद्वारा आयोजित प्रतियोगिताको पहिलो सेट ६–३ ले आफ्नों पक्षमा पारेको भट्टराई जोडिलाई दोश्रो सेटमा लामिछाने जोडिले ३–६ कै नतिजा फर्काएको थियो । तर तेश्रो सेट सुपरटाईमा १०–८ ले गुमाएपछि लामिछाने जोडिको प्रतियोगितामा पूर्णविराम लाग्यो ।
मेन्स सिंगलतर्फ बुधबारको खेलमा निरज थापाले धरमसिंह लामिछानेलाई ६–३, ६–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा आफ्नों नाम लेखाए । त्यस्तै युवा खेलाडी नविन मगरले पनि राजन पौडेलमाथि ६–४, ६–२ को जित दर्ता गर्दै सेमिफाइनल पुगे । सिंगलको ‘वि’ तर्फ नारायण पहारीले शिब सुवेदीलाई ६–२, ६–१ म, सुनिल श्रेष्ठले लक्ष्मण पहारीलाई ६–४, १–६ र सुपरटाईमा १०–८ ले तथा नविन श्रेष्ठले चन्द्र लामालाई ६–२, १–६ र सुपरटाईमा १२–१० ले पराजित गरे ।
‘बि’कै डबल्सतर्फ शान्ता श्रेष्ठ र मनोज विजुक्छेलाई सक्षम विजुक्छे र राजन विजुक्छेले ६–३, ६–३ ले, कुमार गुरुङ्ग र सुरेश श्रेष्ठले रितु गुरुङ्ग र प्रिती बराललाई ६–२, ६–२ ले, हरि सिग्देल र राजेन्द्र महर्जनको जोडिले हर्क गुरुङ्ग र दिल गौतमको जोडिलाई ६–१, ६–१ ले तथा विष्णु गुरुङ्ग र धर्म कोइरालाको जोडिलाई विरेन्द्र लामा र चन्द्र लामाको जोडिले ६–४ र ६–२ को सेटमा पराजित गरेको प्रकाश रानाले जानकारी दिए । विहिबार पनि विहानैदेखि विभिन्न इभेण्टहरुमा प्रतिस्पर्धा हुने बताइएको छ ।

Success

Thank you for your time.