default_image

8 years ago

May 21, 2018

उत्कृष्ट पुनरागमनसँगै नाडाललाई कीर्तिमानी इटालियन ओपन उपाधि

158 views

0 Bookmark

रोम (एजेन्सी) – जर्मन खेलाडी एलेक्सजान्डर भेरेभलाई फाइनलमा पराजित गर्दै राफेल नाडालले कीर्तिमानी आठौँ पटक इटालियन ओपनको उपाधि जितेका छन्। 

nadal

पहिलो सेट ६-१ ले आफ्नो पक्षमा पारेपनि दोस्रो सेट ६-१ ले पराजित नाडालले तेस्रो सेटमा ३-१ ले पछि परेको स्थितिलाई ६-१ ले उल्टाउँदै उपाधि जितेका हुन्। वर्षाले प्राविभित खेलमा जितसँगै नाडाल पुनः टेनिस वरियताको शिर्षस्थानमा पुगेका छन्।

अघिल्लो साता म्याड्रिड मास्टर्समा डोमिनिक थिएमसँग पराजित भएपछि रोजर फेडेररले उनलाई वरियताको शिर्षस्थानमा पछि पारेका थिए। सिजनको चारमध्ये तीन क्ले कोर्टको उपाधि जितेका नाडाल म्याड्रिड मास्टर्समा मात्र उपाधिबाट बन्चित भएका थिए।

Success

Thank you for your time.