default_image

8 years ago

December 11, 2015

दीप, पुरुषोत्तम र शिव समान ७–१ को स्थितिमा

१२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेबलटेनिस खेलाडी छनोट प्रतियोगिताको तेश्रो दिन शुक्रबारको खेल समाप्तिसम्म नेपाल प्रहरीका दीप सावन, एपीएफ क्लबका पुरुषोत्तम वज्राचार्य र एपीएफकै शिवसुन्दर गोथेले समान ७ खेलमा जित र १ मा हारको सामना गरेका छन् । त्यस्तै एपीएफका अमरलाल मल्लले ६ मा जित र ३ मा हार, नेपाल आर्मीका कृष्ण […]

48 views

0 Bookmark

१२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेबलटेनिस खेलाडी छनोट प्रतियोगिताको तेश्रो दिन शुक्रबारको खेल समाप्तिसम्म नेपाल प्रहरीका दीप सावन, एपीएफ क्लबका पुरुषोत्तम वज्राचार्य र एपीएफकै शिवसुन्दर गोथेले समान ७ खेलमा जित र १ मा हारको सामना गरेका छन् ।

5(3)

त्यस्तै एपीएफका अमरलाल मल्लले ६ मा जित र ३ मा हार, नेपाल आर्मीका कृष्ण थापा मगरले ३ मा जित र ५ मा हार, मोरङका अनुप जोशीले २ मा जित र ६ मा हार, एपीएफका चन्दन शाहीले ५ मा जित र ४ मा हार, प्रहरीका विनेश खनियााले ६ मा जित र २ मा हार, आर्मीका स्यान्टू श्रेष्ठले ४ मा जित र ५ मा हार, रुपन्देहीका नारायण घिमिरेले ८ मा हार, प्रहरीका सुनील महर्जनले १ मा जित र ८ मा हार, मोरङका सन्तोष काफ्लेले १ मा जित र ७ मा हार तथा आर्मीका राजेन्द्र कपालीले ५ मा जित र ३ मा हारको सामना गरेका छन् ।

महिलातर्फ प्रहरीकी नविता श्रेष्ठले ८ मा जित, आर्मीकी रविना महर्जनले ७ मा जित र १ मा हार, प्रहरीकी एलिना महर्जनले ८ मा जित र १ मा हार, आर्मीकी स्वेच्छा नेम्वाङले ४ मा जित र ४ मा हार, एपीएफकी सेलिशा खड्गीले ५ मा जित र ३ मा हार, आर्मीकी दीक्षा तामाङले ४ मा जित र ४ मा हार, एपीएफकी सोनु थापा मगरले ४ मा जित र ५ मा हार, एपीएफकी सनिशा श्रेष्ठले २ मा जित र ६ हार, एपीएफकी अनिमा अधिकारीले ४ मा जित र ५ मा हार, प्रहरीकी एरिका महर्जनले ४ मा जित र ४ मा हार, सुनसरीकी अपेक्षा शाक्यले ३ मा जित र ६ मा हार, रुपन्देहीकी स्वीकृति श्रेष्ठले १ मा जित र ७ मा हार तथा भक्तपुरकी सुजाता दुवालले ८ खेलमा हार व्यहोरेका छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

Success

Thank you for your time.