default_image

6 years ago

December 4, 2017

दीक्षा, स्वेच्छा र एलिना सुपर लिगमा प्रवेश

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी स्वेच्छा नेम्वाङ र दीक्षा तामाङ समूह विजेता बन्दै हुवाई इम्प्याक्ट ठमेल ओपन टेबल टेनिस च्याम्पियनसिपको सुपर लिगमा प्रवेश गरेका  छन् । लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा जारी खेलमा आर्मीकी दीक्षा समूह ‘ए’ बाट र स्वेच्छा नेम्वाङ समूह ‘सी’ बाट विजेता बन्दै सुपर लिगमा स्थान बनाएका हुन् । समूह […]

56 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी स्वेच्छा नेम्वाङ र दीक्षा तामाङ समूह विजेता बन्दै हुवाई इम्प्याक्ट ठमेल ओपन टेबल टेनिस च्याम्पियनसिपको सुपर लिगमा प्रवेश गरेका  छन् ।

लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा जारी खेलमा आर्मीकी दीक्षा समूह ‘ए’ बाट र स्वेच्छा नेम्वाङ समूह ‘सी’ बाट विजेता बन्दै सुपर लिगमा स्थान बनाएका हुन् । समूह ‘ए’ बाट पुलिसकी नविता श्रेष्ठ र शिखा सुवाल दोस्रो र तेस्रो बन्दै सुपर लिगमा पुग्न सफल भए ।

यस्तै समूह ‘सी’ बाट पुलिसकी एलिना महर्जन दोस्रो र पुलिसकै यसस्वी अवाल तेस्रो हुदै सुपर लिगमा पुग्न सफल भए । समूह ‘बी’ बाट शिक्षा खड्की पहिलो, आर्मीकी रविना महर्जन दोस्रो तथा पुलिसकी सोनु थापामगर तेस्रो हुदै सुपर लिगमा स्थान बनाए ।

यस्तै, पुरुषतर्फको सुपर लिग समिकरण पनि पूरा भएको छ । पुरुषतर्फ समूह ‘ए’ बाट एपिएका विल्सन श्रेष्ठ र पुलिसका बिनेश खनिया दोस्रो चरणमा पुग्न सफल भए ।

समूह ‘बी’ बाट एपिएफका शिव सुन्दर गोथे र आर्मीका चन्दन शाही, समूह ‘सी’ बाट एपिएफका अमर लाल मल्ल र आर्मीका नारायण घिमिरे, समूह ‘डी’ बाट एपिएफका पुरुषोत्तम बज्राचार्य र पुलिसका प्रदिप रोका, समूह ‘ई’ बाट पुलिसका स्यान्टु श्रेष्ठ र आर्मीका कृष्ण थापामगर र समूह ‘एफ’ बाट पुलिसका दिप साउन र भक्तपुरका राजीव चिकावन्जारले सुपर लिगमा स्थान बनाए ।

इम्प्याक्ट स्पोर्टस् म्यानेजमेन्टको आयोजनामा भएको प्रतियोगितालाई ह्युएई नोभा २ आईले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिताको यू–१६ ब्वाइज र गल्र्स विजेताले समान १५–१५ हजार प्राप्त गर्नेछन् ।

दोस्रो र तेस्रो हुनेले क्रमश १० हजार र ५ हजार प्राप्त गर्नेछन् । यस्तै पुरुष सिंगल्स र महिला सिंगल्सको विजेताले समान २५–२५ हजार प्राप्त गर्नेछन्  । दोस्रो र तेस्रो हुनेले १५ हजार र १० हजार प्राप्त गर्नेछन्  । मिक्स टिम इभेन्टको विजेताले ४० हजार प्राप्त गर्नेछन भने  दोस्रोले २० हजार तथा तेस्रोले १० हजार रुपैया प्राप्त गर्नेछन् । प्रतियोगिता मंसिर २३ गतेसम्म सञ्चालन हुनेछ ।

Success

Thank you for your time.