default_image

5 years ago

April 11, 2019

टेबलटेनिस : पुलिसलाई दोहोरो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिसको दोश्रो दिन नेपाल पुलिस क्लबले दुई स्वर्ण जितेको छ । पुलिसले महिला टिम इभेन्ट र डबल्समा स्वर्ण हात पार्यो । टिम इभेन्टमा पुलिसले अर्को विभागीय टोली एपीएफलाई ३–१ को सेटमा पराजित गर्यो । प्रहरीकी एलिना महर्जनले एपीएफकी सेलिशा खड्गीलाई ३–१ ले पराजित गरिन् । […]

48 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिसको दोश्रो दिन नेपाल पुलिस क्लबले दुई स्वर्ण जितेको छ । पुलिसले महिला टिम इभेन्ट र डबल्समा स्वर्ण हात पार्यो ।

टिम इभेन्टमा पुलिसले अर्को विभागीय टोली एपीएफलाई ३–१ को सेटमा पराजित गर्यो । प्रहरीकी एलिना महर्जनले एपीएफकी सेलिशा खड्गीलाई ३–१ ले पराजित गरिन् । दुई खेलमा जित हात पारेकी ७ पटककी राष्ट्रिय च्याम्पियन नविताले एफीएफका अनिता महर्जनलाई ३–० तथा सेलिशा खड्गीलाई ३–१ ले हराइन् । एक सिंगल्समा भने एपीएफकी सिक्का सुवालले प्रहरीकी मन्जु सुवालमाथि ३–१ को जित दर्ता गरिन् । आर्मी र प्रदेश ३ संयुक्त रुपमा तेश्रो भए ।

दाङको घोराही कभर्डहलमा भइरहेको प्रतियोगिताको महिला डबल्सको फाइनलमा पुलिसकै नविता र एलिनाको जोडीले आर्मीका स्वेच्छा नेम्वाङ र रविना महर्जनको जोडीलाई ११–८, ११–७ र ११–८ को सोझो सेटमा पाखा लगाए । प्रदेश ५ का गीता अर्याल र अमृता थापा तथा एफीएफका सेलिशा खड्गी र सिक्का सुवालको जोडी तेश्रो बने ।

Success

Thank you for your time.