default_image

4 years ago

August 17, 2020

टेबल टेनिस टोलीलाई सेनिटाइजर सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – कोरोना भाइरस (कोभिड-१९) संक्रमणको खतराका बाबजुद पनि जारी रहेको राष्ट्रिय टेबल टेनिस टोलीको प्रशिक्षणलाई लोमस फर्मास्युटिकलले सेनिटाइजर सहयोग गरेको छ । अखिल नेपाल टेबल टेनिस संघले गत महिना राखेपको निर्देशनपछि प्रशिक्षण सुरु गर्ने निर्णय गरेको थियो । आठौं राष्ट्रिय खेलकुदको प्रि-क्वाटरफाइनल खेलेका महिला र पुरुष खेलाडी गरेर कुल ३२ जनालाई प्रशिक्षणमा […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कोरोना भाइरस (कोभिड-१९) संक्रमणको खतराका बाबजुद पनि जारी रहेको राष्ट्रिय टेबल टेनिस टोलीको प्रशिक्षणलाई लोमस फर्मास्युटिकलले सेनिटाइजर सहयोग गरेको छ ।

अखिल नेपाल टेबल टेनिस संघले गत महिना राखेपको निर्देशनपछि प्रशिक्षण सुरु गर्ने निर्णय गरेको थियो । आठौं राष्ट्रिय खेलकुदको प्रि-क्वाटरफाइनल खेलेका महिला र पुरुष खेलाडी गरेर कुल ३२ जनालाई प्रशिक्षणमा बोलाएपनि खेलाडीको सहभागिता एकदम न्यून रहेको छ ।

संघले खेलाडीहरुलाई सम्भव भएसम्म प्रशिक्षणमा नियमित आउन अनुरोध गरेको थियो । कोरोना संक्रमणको खतराले गर्दापनि अनिवार्य उपस्थिति नभनेको मुख्य प्रशिक्षक संजिव ढुंगेलले जानकारी दिए । हाल केन्द्रिय प्रशिक्षण केन्द्र लैनचौरमा विहान प्रशिक्षण हुँदै आएको छ ।

प्रशिक्षणको बेलामा संक्रमणको खतरा हुने भएकाले आइतबार लोमसले आफ्नो उत्पादन ह्यान्ड एक्स सेनिटाइजर टोलीलाई उपलब्ध गराएको हो । कार्यक्रममा ह्यान्ड एक्सका निदेशक प्रणव जंग पाण्डेले ५ सय मिलिलिटरको २० थान सेनिटाइजर र भिटामिन सी १ प्याकेट प्रशिक्षक सन्ध्या शाक्यलाई हस्तान्तरण गरे ।

Success

Thank you for your time.