default_image

9 years ago

September 11, 2015

अन्जुलाई चौथो राष्ट्रव्यापी विद्यालयस्तरीय खुला टेबलटेनिसमा स्वर्ण

काठमाडौं, भदौ २५ गते । प्रभात इङलिस उमाविकी अन्जु सुवालले चौथो राष्ट्रव्यापी विद्यालयस्तरीय खुला टेबलटेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जितेकी छन् । शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपाल तथा पुष्पकुञ्ज माविद्वारा संयुक्त आयोजित प्रतियोगिताको यु–१२ गल्र्स सिंगल्सको फाइनलमा अन्जुले विजेश्वरीकी दुर्गा राजभण्डारीलाई १३–११, ११–७ र ११–६ को सोझो सेटमा पराजित गरिन् । प्रभातकी मन्जु सुवाल […]

52 views

0 Bookmark

काठमाडौं, भदौ २५ गते ।
प्रभात इङलिस उमाविकी अन्जु सुवालले चौथो राष्ट्रव्यापी विद्यालयस्तरीय खुला टेबलटेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जितेकी छन् ।

1 (2)
शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपाल तथा पुष्पकुञ्ज माविद्वारा संयुक्त आयोजित प्रतियोगिताको यु–१२ गल्र्स सिंगल्सको फाइनलमा अन्जुले विजेश्वरीकी दुर्गा राजभण्डारीलाई १३–११, ११–७ र ११–६ को सोझो सेटमा पराजित गरिन् । प्रभातकी मन्जु सुवाल र विजेश्वरीकी अनुष्का सिम्खडा संयुक्त रुपमा तेश्रो बने ।
ब्वाइज टिम इभेन्टमा आदर्श विद्या मन्दिर (एभीएम) ले विद्याआर्जनलाई ३–० तथा प्रोक्सिमाले युसीपीएसलाई ३–१ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।
सोही स्पर्धाको गल्र्समा एभीएमले युसीपीएसलाई ३–० ले पाखा लगाउदै फाइनलमा पुग्यो । फाइनलमा एभीएमको भेट प्रभात र विजेश्वरीबीचको विजेतासंग हुनेछ ।
सामाखुशीस्थित पुष्पकुञ्जमा भइरहेको प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा पुष्पकुञ्जका दीपेश सुवेदी र विवेक जिसी तेश्रो चरणमा प्रवेश गरे भने यु–१२ ब्वाइज सिंगल्समा पुष्पकुञ्जका कैलाश गुरुङ दोश्रो चरणमा पुगे । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

Success

Thank you for your time.