default_image

8 hours ago

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

874 views

0 Bookmark

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ।

यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्।

खेलको ४२औँ मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत रियललाई अग्रता दिलाए। कर्नरको क्रममा मार्कोस मोरेनोको बल ह्यान्ड भएपछि पेनाल्टी दिइएको थियो।

त्यसको ४ मिनेटपछि एमबाप्पेको प्रहार डिफेन्डर म्यानुअल फरान्डोमा लागेर आत्मघाती गोलमा परिणत भएपछि पहिलो हाफमा रियल २-० ले अघि रह्यो।

८०औँ मिनेटमा नाहुएल अरोयोले गोल फर्काउँदै तालाभेरालाई आशा दिलाए । ८८ औं मिनेटमा एमबाप्पेले टाढाबाट प्रहार गर्दा गोलकिपरको हातबाट चिप्लिँदै गोलमा पुग्दा रियलले खेलमा नियन्त्रण बनायो ।
इन्जुरी समयमा गोन्जालो दी रेन्जोले तालाभेराका लागि अर्को गोल गरे पनि त्यो पर्याप्त भएन।

मुख्य प्रशिक्षक जाबी अलोन्सोले ला लिगामा अलाभेसलाई हराएको टोलखबाट १० खेलाडी परिवर्तन गरेका थिए। जितसँगै पछिल्लो केही हप्ताको दबाबमा रहेको रियलले ५ खेलमा तेस्रो जित दर्ता गरेको छ।

कोपा डेल रेमा अगाडि बढ्नुका साथै रियल ला लिगामा दोस्रो स्थानमा छ । च्याम्पियन्स लिगमा पनि राम्रो अवस्थामा छ।

कोपा डेल रेको बुधवार अन्य खेलका नतिजा

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

Success

Thank you for your time.