default_image

अखिल नेपाल फुटबल संघ, फिफा र राष्ट्र खेलकुद परिषदको संलग्नतामा च्यासल खेल मैदानलाई १५ महिना भित्र  अन्तरास्ट्रिय स्तरको बनाउने सम्झौता भएको छ|

युवा तथा खेलकुद मन्त्रालयको समिक्षा बैठक

सातदोबाटो स्थित नेपाल खेलकुद बिज्ञान प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ र राष्ट्रिय खेलकुद परिषदबीच सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम भयो| नेपाल सरकारका तर्फबाट बोल्दै युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले सरकार निर्माण पक्षमा सकारात्मक भएको बताउनुभयो| “नेपालमा अन्तराष्ट्रिय स्तरको खेलमैदानको कमी भएकाले सरकार यो कामका लागि जे पनि गर्न तयार छ”, मन्त्री पौडेलले भन्नुभयो|

कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष तथा संविधानसभाका सदस्य गणेश थापाले फिफाबाट पनि सहयोग आउने जानकारी दिनुभयो| “फिफाले टर्फ, पानी व्यवस्थापन तथा फ्लड लाइट सम्बन्धित क्षेत्रमा पुर्ण सहयोग गर्नेछ| प्रारम्भिक अनुमान लगाउदा दश देखि पन्ध्र हजार दर्शक अट्ने उच्चस्तरिय मैदान बन्ने बिश्वास लिएका छौं| “, थापाले बताए|

प्याराफिट निर्माण र अन्य व्यवस्थापनमा करिब १० देखि १५ करोड खर्च हुने कुरा पनि कार्यक्रममा जानकारी दिइयो|

Success

Thank you for your time.