default_image

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघको केन्द्रिय चुनाव असोज महिनामा हुँदैछ । प्रदेश र जिल्ला कार्यसमितिको चुनाव सम्पन्न भएपछि त्यहाँबाट आउने प्रतिनिधिले केन्द्रिय नेतृत्व चयन गर्नेछन् । हाल विभिन्न जिल्लामा चुनाव भइरहेको अवस्था छ ।

क्यानमा हाल ४५ जिल्ला क्रिकेट संघ रहेका छन् । केन्द्रिय चुनावमा यी ४५ जिल्ला, ७ प्रादेशिक क्रिकेट संघ, अम्पायर र स्कोरर संघ तथा प्रशिक्षक संघ र वर्तमान कार्यसमितिले मतदान गर्ने प्रक्रिया रहेको छ । क्रिकेट संघमा १७ कार्यसमिति सदस्य रहेपनि हाल उपाध्यक्ष राजबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलको राजिनामासँगै १५ सदस्यले मात्र केन्दीय चुनावमा मतदान गर्नेछन् ।

क्यान निर्वाचनमा कुल ८८ मत रहेकोमा २ कार्यसमिति पद रिक्त हुँदा ८६ मत हुनेछ । प्रदेशको जिल्ला र प्रदेशको मतभार विस्तृत रुपमा यसरी विभाजन गरिएको छ । प्रदेशको हकमा हरेक २ जिल्ला बराबर १ मत प्राप्त गर्नेछन् । त्यसका लागि प्रतिनिधि चयन गर्न भने प्रदेशको चुनाव हुनेछ ।

क्यानको विधानमा खेलाडी संघको प्रतिनिधिका लागि व्यवस्था भएपनि हालसम्म प्रक्रिया भने पूरा भएको छैन । क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) ले उक्त मान्यताका लागि क्यानलाई पत्राचार गरेपनि विधान अनुसार प्रक्रिया नपुग्दा यसपटक चुनावमा सहभागी हुने सम्भावना कम छ । प्रशिक्षक संघ र अम्पायर तथा स्कोरर संघले भने १-१ मत हाल्नेछन् ।

केन्द्रिय चुनावमा कहाँको कति भाेट ?

कोशी प्रदेशसँग ८ भोट – जिल्लाबाट ५ र प्रदेशबाट ३ (मोरङ, सुनसरी, इलाम, झापा र उदयपुर)

मधेश प्रदेशसँग १२ भोट – जिल्लाबाट ८ र प्रदेशबाट ४ (सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, पर्सा र बारा)

बागमती प्रदेश ९ भोट – जिल्लाबाट ६ र प्रदेशबाट ३ (मकवानपुर, चितवन, ललितपुर, भक्तपुर, काठमाडौं र नुवाकोट)

गण्डकी प्रदेशसँग ९ भोट – जिल्लाबाट ६ र प्रदेशबाट ३ (कास्की, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, बाग्लुङ र पर्वत)

लुम्बिनी प्रदेशसँग ११ भोट – ७ जिल्ला र प्रदेशबाट ४ (रुपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम, पाल्पा, दाङ, बाँके र बर्दिया)

कर्णाली प्रदेशसँग ८ भोट – जिल्लाबाट ५ र प्रदेशबाट ३ (सुर्खेत, कालिकोट, सल्यान, दैलेख र रुकुम पश्चिम)

सुदूरपश्चिम प्रदेशसँग १२ भोट – जिल्लाबाट ८ र प्रदेशबाट ४ (बैतडी, कैलाली, कंचनपुर, डोटी, डडेलधुरा, दार्चुला, अछाम र बझाङ)

जिल्ला – ४५ मत

प्रदेशको चुनावबाट – २४ मत

निर्णायक तथा स्कोरर संघ -१

प्रशिक्षक संघ – १

कार्यसमिति – १७ सदस्य

कुल मतभार : ८८ मत (२ कार्यसमिति पद रिक्त रहेकाले ८६ मत)

भिडियोमा हेर्नुहोस :

Success

Thank you for your time.