default_image

एजेन्सी – युरोकप छनोटमा चेक रिपब्लिक कोसोभोसँग स्तब्ध बनेको छ । चेक घरेलु टोलीसँग शुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा २–१ ले स्तब्ध बनेको हो ।

प्रिस्टिनामा शनिबार राति भएको खेलमा पाहुना टोलीले खेलको १६औं मिनेटमा प्याट्रिक सेचिकको गोलबाट खेलमा अग्रता लिएको थियो ।
तर, चेकको त्यो अग्रता लामो समय टिकेन । २०औं मिनेटमा घरेलु टोलीका लागि भेडाड मुरिकीले बराबरी गोल फर्काए । ६७औं मिनेटमा मर्जिम भोज्भोडाले गोल गर्दै घरेलु टोलीलाई २–१ को महत्वपुर्ण जित दिलाए ।

जितसँगै कोसोभोले समूह ‘ए’ मा ८ अंक जोडेर दोस्रो स्थानमा उक्लदै छनोट हुने सम्भावना बलियो बनाएको छ । चेक ६ अंक जोडेर तेस्रो स्थानमा छ ।

Success

Thank you for your time.