9 years ago
December 20, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका पूर्व सदस्य प्रेम भण्डारीको कप्तानीमा रहेको नेपाल भलिबल क्लब युएईको बी टोलीले खुला भलिबल रनिङ कपको उपाधि जितेको छ । युनाइटेड अरब इमिरेट्स (युएई) को आबुधाबीको बलिदिया खेल मैदानमा शुक्रबार भएको फाइनलमा प्रेमको टोलीले अर्का नेपाली राष्ट्रिय टोलीका पूर्व सदस्य इश्वर घमालको नेतृत्वमा रहेको सोही क्लबको ए टोलीलाई हराएको थियो ।

नेपाल भलिबल क्लब युइए आयोजक रहेको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको इश्वर घमालले जानकारी दिए । बीले एलाई २२–२५,२५–२३ र १७–१५ ले हराउँदै उपाधि जितेको हो । पूर्व राष्ट्रिय रेफ्री इश्वरी भट्टले फाइनल सञ्चालन गरेका थिए ।
प्रेमको टोलीमा प्रताप खवास, अमृत गुरुङ,विष्णु पन्त, सन्तोष गुरुङ, विष्णु श्रेष्ठ, जगन गुरुङ र बोम थापा थिए । त्यस्तै इश्वरको टोलीमा अमर गिरी, डामन्ड बस्नेत, मदन खड्का, सन्तोष श्रेष्ठ, दीपाल गुरुङ थिए । विजेता टोलीले ९० हजार र दोस्रो हुने टोलीले ४५ हजार रुपैयाँ प्राप्त गर्यो ।

प्रेम भण्डारीले नै संयोजकन गरेको प्रतियोगितालाई पवित्रा गुरुङ, प्रिति गुरुङ, नविन छन्त्याल,चन्द्र पछाई र हेविन्द्र छन्त्यालले सहयोग गरेको बताइएको छ । विजेता उपविजेता टोलीका खेलाडीलाई मुख्य अतिथि लोकेन्द्रबहादुर बमले पुरस्कृत गरेका थिए ।
प्रतियोगितालाई सन एन्ड मुन ट्राभल्स, विग बक्स, ग्रिनलाइन ट्राभल्स, काठमाडौं रेष्टुरेन्ट, कान्तिपुर ट्राभल्स, नमस्ते किचेन र नेपाली रेष्टुरेन्ट प्रायोजन गरेका थिए । प्रतियोगिता अर्को बर्षपनि आयोजना गर्ने आयोजक क्लबका अध्यक्ष इश्वर घमालले बताए ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]