default_image

9 years ago

January 5, 2017

सर्वाधिक पुरस्कार राशीको ढोरपाटन भलिबल शनिबारदेखि

172 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दश टोलिको सहभागिता सहित पुष २३ बाट सुरु हुने ढोरपाटन महिला डबल लिग भलिबल च्यामिपयनसिपको सम्पूर्ण तयारी पूरा भएको छ ।  बिहिबार पत्रकार सम्मेलनमा १२ औं संस्करणको तयारी पुरा भएको जानकारी आयोजक ढोरपाटन क्लबले दिएको हो ।

dorpatan

सर्वाधिक पुरस्कार रासीको प्रतियोगितामा विजेताले ३ लाख २० हजार प्राप्त गर्नेछ भने दोस्रो हुनेले १ लाख ६० हजार, तेस्रो हुनेले ७५ हजार प्राप्त गर्नेछन् । चौथो देखि सातौ हुनेले क्रमशः ४५ हजार, ३५ हजार, २५ हजार र १५ हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उदियमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि सिरिजले एक–एक थान टिभिएर स्कुटी प्राप्त गर्नेछन् । यस्तै हरेक १२ वर्षको अन्तरमा हुने गरी १२ वर्षको खेल दौरानमा खेलाडीले गरेको प्रदर्शनको आधारमा एक जना खेलाडीलाई ग्रेट अचिभमेन्ट अवार्डसहित एक थान स्कुटी प्रदान गरिने क्लबका महासचिव देवेन्द्र घर्तीमगरले जानकारी दिए ।

त्यस्तै गरी उत्कुष्ट स्पाईकर, डिफेन्स, लिफ्टर, सर्भिस, ब्लकर, उत्कुष्ट क्विकर र उत्कृष्ट प्रशिक्षकलाई जनही ५–५ हजार पुरस्कार दिइने आयोजकले बताएको छ । महिला भलिबल लिग सकिएपछि आयोजकले पाँचौ संस्करणको पुरुष भलिबल पनि आयोजान गर्ने बताएको छ ।

गत संस्करणको विजेता नेपाल एपिएफ क्लब, न्यु डायमण्ड एकेडेमी, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ, त्रिभुवन आर्मी क्लब, चण्डेश्वरी युवा क्लब, आयोजक ढोरपाटन स्पोर्टस क्लब, विजेश्वरी ज्ञान मन्दिर, न्यु डायमण्ड स्पोर्टस् क्लब र रिड मोडल कलेज गरी १० टोलिको सहभागिता रहेको प्रतियोगिता पुष २३ देखि माघ ८ गतेसम्म नयाँ बसपार्कस्थित भलिबल कोर्टमा हुनेछ ।

 

 

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.