default_image

7 years ago

January 14, 2017

ढोरपाटन भलिबलमा रिड मोडलको अपराजित यात्रा कायम

काठमाडौं । १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिता अन्तर्गत शनिबार भएका खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लव, नेपाल पुलिस र रिड मोडल कलेजले सफलता हासिल गरेका छन् । भारतीय राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको रिड मोडल कलेजले आफ्नो अपराजित यात्रा कायमै राख्दा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । पश्चिमाञ्चलविरुद्ध […]

36 views

0 Bookmark

काठमाडौं । १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिता अन्तर्गत शनिबार भएका खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लव, नेपाल पुलिस र रिड मोडल कलेजले सफलता हासिल गरेका छन् ।

model-copy

भारतीय राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको रिड मोडल कलेजले आफ्नो अपराजित यात्रा कायमै राख्दा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । पश्चिमाञ्चलविरुद्ध रिड मोडल कलेज २५–२०, २५–११ र २५–१९ को सेटमा विजयी भयो । लगातार पाचौं खेल जितेको रिड मोडल कलेजले १५ अंक जोड्दै लिगको चौथो स्थानमा उक्लिएको छ । पश्चिमाञ्चलले खेलेका ७ खेलमध्ये ३ मा जित र ४ मा हार बेहोर्दै १२ अंक जोडेर पाँचौं स्थानमा झरेको छ ।

प्रतियोगितामा अहिलेसम्म ८ खेल खेलेको एपीएफ ७ खेलमा जित र एकमा हारसँगै २१ अंक जोड्दै लिगको शीर्ष स्थान हासिल गर्न सफल भएको छ । आफूले खेलेका ७ खेलमध्ये एक खेलमा मात्र पराजय बेहोरेर १८ अंक जोडेको न्यु डायमन्ड एकेडेमी दोस्रो स्थानमा झरेको छ ।

बालाजु नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् ट्रेनिङ सेन्टरको नवनिर्मित कोटमा शनिबार सम्पन्न पहिलो खेलमा एपीएफले रामेछापको चन्डेश्वरी युवा क्लवलाई ३–० को सोझो सेटमा पराजित ग¥यो भने दोस्रो खेलमा नेपाल आर्मीलाई ३–० को सेटमै हरायो । एपीएफले चन्डेश्वरीलाई २५–७, २५–२ र २५–२ को सेटमा हरायो भने नेपाल आर्मीलाई २५–११, २५–१५ र २५–८ को सोझो सेटमा पाखा लगायो ।

शनिबार नै सम्पन्न अर्को खेलमा नेपाल पुलिसले न्यु डायमन्ड स्पोर्टस् क्लवलाई २५–१०, २५–२ र २५–२० को सेटमा पराजित ग¥यो । नेपाल पुलिस ८ खेलबाट १८ अंक जोड्दै लिगको तेस्रो स्थानमा यथावत रहेको छ ।

त्यसैगरी ७ खेल खेलेको नेपाल आर्मीले ३ जितसँगै ९ अंक जोडेको छ भने आयोजक ढोरपाटन स्पोर्टस् क्लवको ६ खेलबाट ८ अंक छ । रामेछापको चन्डेश्वरी युवा क्लवले ९ खेलबाट ७ अंक जोडेको छ । न्यु डायमन्ड स्पोर्टस्क्ल वको ८ खेलबाट २ अंक छ भने लिगको पुछारमा रहेको बिजेश्वरी ज्ञान मन्दिरले ८ खेलबाट एक अंक जोडेको छ ।

March 24, 2024

दोस्रो गल्कोट कप भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा अर्काे साता दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया (जिएसए) को आयोजनामा अर्काे साता अर्थात मार्च ३१ तारिखमा एकदिने पुरुष भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । एक दिने प्रतियोगिता सिड्नीको ओवर्नस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ […]

March 23, 2024

फखरउद्दिन र केपी अनुश्री सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी स्पाइकर फखरउद्दिन र एभरेस्ट भलिबल क्लबकी भारतीय स्पाइकर केपी अनुश्री आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । फखरउद्दिन र केपी अनुश्रीले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । फाइनलमा आफ्ना सहयात्री उस्मान फरयाद अलीले प्रदर्शन […]

March 23, 2024

आर्मीमाथि राेमाञ्चक जित निकाल्दै हेल्प नेपाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै टिप टप हेल्प नेपाल आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ च्याम्पियन बनेको छ । तीन पाकिस्तानी र घरेलु भलिबलका चर्चित खेलाडीसम्मिलित हेल्प नेपालले आर्मीमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै लगातार च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित […]

Success

Thank you for your time.