default_image

5 months ago

July 21, 2025

हेल्प नेपालको चौथो खेल आज

2116 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लिग च्याम्पियन टिप‌ टप हेल्प नेपाल स्पोर्टस क्लबले माल्दिभ्समा जारी काभा मेन्स च्याम्पियन्स लिगमा चौथो खेल आज खेल्दैछ।

चौथो खेलमा हेल्प नेपालले काजकस्तानको क्लब जेटएचकेसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ ।

जेटएचके ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा रहेको छ । हेल्प नेपाल भने समान खेलमा ६ अंकका साथ तेस्रो स्थानमा छ ।

३ मध्ये हेल्प नेपालले २ मा जित र एकमा हार बेहोरेको छ । सुरुवाती २ खेल‌ जितेको हेल्प नेपाल तेस्रो खेलमा कीर्गिस्तानको क्लबसँग ३-२ ले पराजित भएको थियो।

पहिलो खेलमा हेल्प नेपालले बिहीवार घरेलु टोली धिवेही सिफाइन्स क्लबलाई ३-२ ले हराएको थियो । दोस्रो खेलमा शुक्रवार माल्दिभ्सकै क्लब एचडिसीलाई ३-१ ले‌ हराएको हो ।

सेन्ट्रल एसियन भलिबल एसोसियन (काभा) को आयोजना भइरहेको च्याम्पियन्स लिगमा काभाका सदस्य रहेका ५ देशका लिग च्याम्पियन क्लब र आयोजकको उपविजेता समेत गरि ६ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुनेछ । च्याम्पियन्स लिगको विजेताले सन् २०२६ को एसियन क्लब च्याम्पियनसिप खेल्न पाउनेछ।

December 7, 2025

पुलिसलाई अर्जुनधारा महिला भलिबलको उपाधि

हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि उचालेको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसँगै पुलिसले नगद दुई लाख, ट्रफी, मेडल र […]

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

Success

Thank you for your time.