default_image

7 years ago

April 7, 2019

क्रोएसियामा फेयर प्ले अवार्ड जितेको नेपाली टोली स्वदेश फिर्ता

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्रोएसियामा सम्पन्न आइएसएफ विश्व स्कुल यु–१५ च्याम्पियनसिप भलिबलमा फेयर प्ले अवार्ड हात पारेको नेपाली युथ टोली आइतबार स्वदेश फर्किएको छ ।

स्वदेश फर्किएपछि नेपाली युथ टोली । तस्वीरः अरुण गोर्खालीको फेसबुकबाट

नेपाली युथ टोली आइतबार राति ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लिएको हो ।
नेपालले एक खेलमा जित हात पारेपनि उत्कृष्ट र मन जित्ने प्रदर्शन गरेको भन्दै आयोजकले फेयर प्ले अवार्ड प्रदान गरेको थियो । महिला स्पर्धामा २२ राष्ट्रले सहभागिता जनाएको थियो ।

नेपाली भलिबल इतिहासमै पहिलोपटक उमेर समूहको अन्तर्राट्रिय भलिबल प्रतियोगिता आइएसएप वल्र्ड स्कुल भलिबल च्याम्पियनसिप खेल्ने मौका पाएको हो ।

सन् १९७२ देखि सुरु भएको यस प्रतियोगिताका लागि इन्टरनेशनल स्कुल अफ स्पोर्टस् फेडेरेसन (आइएसएफ) ले नेपाल स्कुल स्पोर्टस् फेडेरेसन (एनएसएफ) सँग समन्वय गरेपछि नेपालको सहभागिता निश्चित भएको हो ।

९ खेलाडीसहितको १४ सदस्यीय टोली एक साताअघि प्रतियोगिता स्थल क्रोएसिया पुगेको थियो। नेपाली टोलीमा सबै न्यु डायमन्ड एकेडेमीका खेलाडी रहेका थिए ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.