7 years ago
April 10, 2019
चितवन (हाम्रो खेलकुद) – दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब चितवनको रत्ननगरमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

बुधबार भएको पहिलो सेमिफाइनलमा पुलिसले भारतको तालिमनाडुलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै उपाधिनजिक पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसले सुरुवाती दुई सेट २५–१७ र २५–१५ ले जित्दै खेल आफ्नो पक्षमा पारेको थियो । त्यसपछिको दुवै सेट पुलिसले १७–२५ र १९–२५ ले गुमाएपछि खेल २–२ को बराबरीमा पुगेको थियो । निर्णायक सेटमा पुलिस १५–११ ले विजयी हुन सफल भयो ।
पञ्चरत्न युवा क्लबको आयोजनामा वैरिया माध्यमिक विद्यालयमा बुधबारै भएको अर्काे सेमिफाइनलमा आर्मीले बंगलादेशको टिटास क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुलिससँगको भेट पक्का गर्यो । आर्मीले पहिलो सेटमा २८–२६ को संघर्षपुर्ण जित निकालेको थियो । दोस्रो सेटमा २५–१९ को सहज जित निकालेपनि तेस्रो सेट आर्मीले २७–२५ ले जित्न सफल भयो ।
प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]