7 years ago
April 11, 2019
चितवन (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै अर्काे विभागीय टोली नेपाल पुलिस क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

चितवनको रत्ननगरमा बिहीबार भएको उपाधि भिडन्तमा पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । पुलिसले पहिलो सेट गुमाएपनि त्यसपछिको तीन सेटमा सफलता हात पारेको हो । पुलिसले पहिलो सेट १८–२५ ले गुमाएको थियो । दोस्रो २५–२३ ले जित्दै खेलमा पुनरागमन गरेको पुलिसले बाँकी दुई सेट २५–१८ र २५–११ ले जित्न सफल भयो ।
यससँगै पुलिसले आर्मीलाई लगातार तीन उपाधि भिडन्तमा पराजित गर्न सफल भयो । पुलिसले यसअघि माडीमा भएको खुल्ला पुरुष भलिबल र सभामुख कपमा आर्मीलाई पराजित गर्दै उपाधि जितेको थियो । उपाधिसँगै पुलिसले ३ लाख रुपैयाँ हात पार्यो । दोस्रो स्थानमा चित्त बुझाएको आर्मीले १ लाख ५० हजार रुपैयाँ पायो ।
पुलिसका रविन चन्द प्रतियोगिताको सर्वात्कृष्ट खेलाडी घोषित भए । उनले ७ हजार रुपैयाँ पाए । पुलिसका कप्तान इम बहादुर राना उत्कृट सेटर, पुलिसकै भीम गाहा उत्कृष्ट लिब्रो र पुलिसका चन्द्र कुवँर उत्कृष्ट प्रशिक्षक चुनिए । आर्मीका हरि अधिकारी उत्कृष्ट ब्लकर तथा धन बहादुर भट्ट उत्कृष्ट स्पाइकर चुनिए । उनीहरुले जनही ५ हजार रुपैयाँ पाए । प्रतियोगितामा दुई विदेशी टोलीसहित ९ टोलीको सहभागिता रहेको थियो ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]