default_image

7 years ago

April 11, 2019

कालिका कप भलिबलको दोस्रो दिन चार खेल

194 views

0 Bookmark

अर्जुन कार्की, बागलुङ

चैत्राष्टमी मेलाको अवसरमा आयोजना गरिएको कालिका कप भलिबल प्रतियोगितामा बिहीबार चार खेल सम्पन्न भएका छन् । लिगकम नकआउट सिष्टममा खेलाइएको प्रतियोगितामा बिहीबार सिद्धार्थ आँखा घर छन्त्याल कन्ट्रक्सन, काठेखोला गाउँपालिका, बागलुङ भलिबल ट्रेनिङ सेन्टर र नेपाली सेनाको २३ नम्बर बाहिनी विजयी भएका छन् ।

पहिलो खेलमा सिद्धार्थ आँखा घर छन्त्याल कन्ट्रक्सनले ३—२ को सेटमा अनेरास्ववियुलाई पराजित गरेको छ । पहिलो दुई सेट हारेर दबाब परेका छन्त्याल कन्ट्रक्सनले उत्कृष्ट पुनरागमन गर्दै खेल जित्यो । कन्ट्रक्सनले अनेरास्ववियलाई २५–२३, २५–१९, २०–२५, २१–२५ र ६–१५ को सेटमा पराजित गर्यो ।

यस्तै दोस्रो खेलमा काठेखोला गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय बागलुङलाई ३–१ के सेटमा पराजित गर्यो । काठेखोलाले पुलिसलाई २०–२५, २६–२४, २५–१३ र २५–१७ को सेटमा पराजित गरेको थियो । बिहीबारको तेस्रो खेलमा बागलुङ भलिबल ट्रेनिङ सेन्टरले बागलुङलाई ३—२ सेटले जितेको छ । २—० ले पछि परेको अवस्थाबाट कमव्याक गर्दै बागलुङ भलिबल ट्रेनिङ सेन्टरले नतिजा आफ्नो पोल्टामा पारेको हो ।

पहिलो सेट २५—२३ र दोस्रो सेट २५—१८ ले बागलुङले जित्दा भलिबल ट्रेनिङ सेन्टरले तेस्रो सेट २५—२२, चौथो सेट २५—२० र पाँचौं सेट १५—१० ले जित्यो । यस्तै बिहीबारको अन्तिम खेलमा नेपाली सेनाको २३ नम्बर बाहिनी बागलुङले सिगानालाई सोझो सेटमा पराजित गरेको छ । बाहिनीले सिगानालाई २५—१२, २७—२५ र २५—१९ को सोझो सेटमा पराजित गर्यो ।

कालिका भगवती गुठी व्यवस्थापन समितिले आयोजना गरेको चैत्राष्टमी मेला–२५ मा आयोजना गरिएको कालिका कप भलिबल प्रतियोगितामा ८ समूह सहभागी छन् । कालिका कप भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख ५१ हजार हात पार्नेछ । दोस्रो हुने समुहले एक लाख एक हजार तथा तेस्रो हुने टिमले ५१ हजार पुरस्कार पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको मूल आयोजक समितिका सदस्य–सचिव कुमार खड्काले जानकारी दिए ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.