7 years ago
May 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता होङग्वान्जी न्यु डायमन्ड एकेडेमीको ‘ए’ टोली र थ्री स्टार एकेडेमी दोस्रो चन्द्रागिरी उपमेयर कप अन्तर विद्यालयस्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

होङग्वान्जी न्यु डायमन्डले क्वाटरफाइनलमा स्प्रिङडेलबाट वाकओभर पाएपछि खेल्दै नखेली अन्तिम चारमा पुग्न सफल भएको हो । बस दुर्घटना भएपछि स्प्रिङडेलले प्रतयोगितामा सहभागिता जनाएन ।
अर्काे क्वाटरफाइनलमा थ्री स्टार एकेडेमीले परोपकार आदर्श माध्यमक विद्यालयको ‘बी’ टोलीलाई २–१ को सेटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गर्न सफल भयो । थ्री स्टारले पहिलो सेट २५–१७ ले जितेको थियो । दोस्रो सेट परोपकारले २५–२० ले जितेपछि खेल १–१ सेटको बराबरीमा पुगेको थियो । निर्णायक सेटमा थ्री स्टार २५–१६ ले विजयी हुन सफल भयो ।
अब न्यु डायमन्ड ‘ए’ ले फाइनल प्रवेशका लागि शुक्रबार हुने विजेश्वरी र डायमन्ड ‘बी’ को वजेतासँग खेल्नेछ । थ्री स्टारले अब सेमिफाइनलमा पारामाउन्ट र ज्ञानसुधाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । बिहीबार भएको समूह ‘डी’ को अन्तिम खेलमा न्यु डायमन्डको ‘बी’ टोलीले परोपकारको ‘ए’ टोलीलाई २५–१२ र २५–१५ ले पराजित गर्दै समूह उपविजेता बन्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । बिहीबारै भएको अर्काे खेलमा पारामाउन्टले परोपकार आदर्श माध्यमिक विद्यालयको ‘ए’ टोलीलाई २५–९ र २५–८ ले सहजै पन्छाउदै अन्तिम आठमा पुग्न सफल भयो ।

प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलको बाँकी रहेको दुई खेल र सेमिफाइनलका खेल हुनेछ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी चन्द्रागिरी नगर कमिटिले भलिबल नेपालको राष्ट्रिय खेल भएको दिनलाई विशेष बनाउने उद्देश्यले गत वर्षदेखि खुल्ला छात्रा भलिबल प्रतियोगिता आयोजना गरेको हो ।
१० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले ६० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश ३० हजार, १५ हजारनगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुनेले १० हजार रुपैया प्राप्त गर्नेछन् । सर्वाेत्कृष्ट खेलाडी १ हजार ५ सय र व्यक्तिगत विधातर्फ (स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर, सेटर) लाई १ हजार रुपैया पाउनेछ । पहिलो संस्करणमा न्यु डायमन्ड एकेडेमी च्याम्पियन बनेको थियो ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]