4 years ago
November 26, 2021
एजेन्सी – डेनिस क्लब ब्रोन्डवि आइएफमाथि पूनरागमन जित निकाल्दै फ्रान्सेली क्लब लियोन लगातार पाँचौ जित निकाल्दै समूह ‘ए’ बाट युरोपा लिगको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

लियोनले घरेलु टोली ब्रोन्डवि आइएफसँग एक गोलले पछि परेको अवस्थामा ३–१ को पूनरागमन जित निकाल्दै समूहमा अपराजित रहँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो । लियोनको पूनरागमन जितमा रायन चेर्कीले दुई तथा इस्लाम स्लिमानीले एक गोल थपे । घरेलु टोलीका मिकाइलको गोल सान्त्वना बन्यो ।
ब्रोन्डवि स्टेडियममा बिहीबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५१औं मिनेटमा मिकाइलले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रत दिलाए । तर, घरेलु टोलीको त्यो अग्रता लामो समय टिकेन । ५७औं मिनेटमा रायन चेर्कीले बराबरी गोल फर्काए ।
६६औं मिनेटमा रायनले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै लियोनलाई २–१ को अग्रता दिलाए । ७८औं मिनेटमा इस्लाम स्लिमानीले गोल गर्दै लियोनलाई पूनरागमन जित दिलाए । जितपछि अपराजित रहेको लियोनको ५ खेलबाट १५ अंक पुगेको छ । पराजित ब्रोन्डवि २ अंक जोडेर पुछारमा रहेको छ ।
यही समूहको अर्काे खेलमा रेन्जर्सले स्पार्टा प्राहालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । रेन्जर्सको जितमा दुवै गोल अल्फ्रेडो मोरेलोसले गरे । जितपछि रेन्जर्सले ७ अंक पु¥याएको छ । स्पार्टा प्राहाको ४ अंक छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]