3 hours ago
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो।
राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।
राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ।
सहभागी क्लबले पुस १८ भित्र क्लबले खेलाडी दर्ता गर्नुपर्ने बताइएको छ। त्यस्तै बैठकमा प्रतियोगिताको खेल तालिका पुस २० गते सार्वजनिक गर्ने सहमति भएको जनाइएको छ।
सिंगल राउन्ड रोबिनमा हुने राष्ट्रिय लिगमा हरेक टोलीले १६ खेल खेल्नेछ। ए डिभिजनका १४ मध्ये हिमालयन शेर्पा बाहेक सबै तथा एन्फा प्रेसिडेन्ट कपबाट छनोट भएका ४ गरि १७ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
एन्फाले राष्ट्रिय लिगको तयारीका लागि हरेक टोलीलाई तयारी १५ लाख रुपैयाँ उपलब्ध गराउनेछ। त्यस्तै एन्फा प्रेसिडेन्ट लिगबाट राष्ट्रिय लिगमा छनोट भएका काठमाडौँ उपत्यका बाहिरका क्लबलाई यातायात खर्चबापत २ लाख र काठमाडौँ उपत्यका क्लबलाई १ लाख रुपैयाँ एन्फाले दिने बताइएको छ।
राष्ट्रिय लिगका लागि दर्ता भएका क्लब
ए डिभिजन क्लब
१) चर्च ब्वाइज युनाइटेड
२) मच्छिन्द्र क्लब
३) नेपाल पुलिस क्लब
४) जावलाखेल युथ क्लब
५) सातदोबाटो युथ
६) एनआरटी
७) त्रिभुवन आर्मी आर्मी क्लब
८) मनाङ मर्स्याङ्दी क्लब
९) संकटा क्लब
१०) फ्रेन्डस क्लब
११) एपिएफ क्लब
१२) प्लानिङ ब्वाइज युनाइटेड
१३) श्री भगवती क्लब
एन्फा प्रेसिडेन्ट कपबाट छनोट क्लब
१) लालीगुराँस युवा क्लब (कास्की)
२) चित्लाङ यु क्लब (काठमाडौं)
३) नव जनजागृति क्लब (बारा)
४) काक्रेविहार स्पोर्टस क्लब (सुर्खेत)
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]