default_image

9 years ago

November 25, 2016

एपिएफ र रुपन्देही उपाधिका लागि भिड्दै

118 views

0 Bookmark

हाम्रो खेलकुद – झापामा जारी सुरुंगा गोल्डकपको फाइनल खेलमा रुपन्देही एघार र सशस्त्र प्रहरी बल (एपीएफ) फाइनलमा शनिबार दिउसो भिड्दै छन्।

apf-suunga

दुवै टोलि सेमिफाइनल खेल टाइब्रेकरमा जित्दै फाइनल पुगेका हुन्। रुपन्देहीले मनाङ मर्श्याँग्दिलाइ हराएको थियो भने एपीएफले अर्को विभागीय टोलि नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल तय गरेको थियो।

भोलि हुने फाइनल खेलमा दुवै टोलि जित्नेमा विश्वस्त देखिएपनि रुपन्देही केहि बलियो देखिएको छ। पहिलो खेलमा अनुपस्थित रहेका बिमल घर्ति मगर र बिक्रम लामा सेमिफाइनलको दिनमात्र खेलस्थल पुगेका थिए। म्यान अफ द म्याच पाएका बिक्रम लामा र बिमलको आगमनले टोलि थप मजबुत भएको छ। उनीहरु संगै टोलीमा रंजित धिमाल, दिपक राई, जस्ता खेलाडी पनि उत्रनेछन्।

उता एपीएफमा भने नियमित रक्षक रमेश दंगाल दुइ पहेंलो कार्ड खाएका कारण अनुपस्थित रहनेछन। उनको स्थानमा सरोज कोइरालाले  आदित्य चौधरीलाई साथ दिने देखिन्छ। अन्जन बिष्ट सेमीफाइनलमा ६० मिनेटमात्र खेलेर काठमाडौँ आएपनि आजै उनि झापा पुगिसकेका छन्।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.