4 years ago
February 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मनाङ- मर्स्याङ्दी क्लब र विभागीय नेपाल एपिएफ फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । मनाङ र एपिएफले पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको हो ।

मनाङका लागि कप्तान अन्जन विष्टको गोल गर्दा एपिएफका आशिष लामाले बराबरी गोल फर्काए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलको २२औं मिनेटमा पुजन उपरकोटीको फ्रिकिकलाई गोलरक्षक युया कुरियामाले पञ्च गर्दै बचाए ।
३४औं मिनेटमा एडेलाजा सोमिडेको प्रहारलाई गोलरक्षक कुरियामाले डाइभ दिदै बचाउँदा मनाङ अग्रता लिनबाट चुक्यो । ३७औं अन्जन विष्टले गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाए । गोलरक्षक विशाल सुनारले फालेको लामो बललाई अन्जनले गोलरक्षक अघि बढेको अवस्थामा उनको हेडरले जाली चुमेको थियो ।
४०औं मिनेटमा आशिष लामाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । कप्तान नविन लामाको पासमा आशिषले डिफेन्डर नरेन्द्र चौधरीलाई बिट गर्दै गोलरक्षकलाई बिट गर्दै सहजै गोल गर्न सफल भएका थिए । त्यसअघि ३९औं मिनेटमा अन्जन विष्टको पासमा विमल रानाको वान भर्सेस वानको स्थितिको प्रहारलाई गोलरक्षक कुरियामाले सहजै नियन्त्रणमा लिए ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]