9 years ago
December 6, 2016
म्युनिख (एजेन्सी) – आज हुने युइएफा च्याम्पियन्स लिगको समूह चरणको खेलमा बायर्न म्युनिख र एट्लेटिको म्याड्रिड भिड्दैछन्।

समूह ‘डी’मा रहेका यो दुवै टोलि अर्को चरणको लागि छनोट भइसकेका छन्। एट्लेटिकोले पांच खेलमा पांच जित दर्ता गर्दै १५ अंक जोडेको छ भने बायर्नले जम्मा नौ अंक जोडेको छ। बायर्नले एट्लेटिको म्याड्रिडसंग यसअघी हार व्येहोरेको थियो भने रोस्तोभसंग पनि पराजित भएको थियो।
एट्लेटिकोले जारि सिजनमा सात गोल गर्दै एक गोलमात्र खाएको छ भने बायर्नले १३ गोल गर्दै छ गोल खाइसकेको छ। एट्लेटिको आजको खेलमा जित दर्ता गर्दै शत प्रतिशत जित हासिल गर्दै दोश्रो चरणमा पुग्ने दाउमा हुनेछ भन बायर्न अर्को चरणको लागि तयार रहेको संदेश दिन तत्पर हुनेछ।
खेल नेपाली समयानुसार रातको १२:३० बजे हुनेछ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]