9 years ago
December 10, 2016
काठमाडौं (हाम्रो खेलकुद)– प्रसंग २०१६ को सुरुआत तिरको हो, जब राष्ट्रिय टोली भारतको केरालामा भएको साफ च्याम्पियनसिपमा आशातित प्रदर्शन गर्न नसकी पहिलो चरणबाटै बाहिरीएर स्वदेश फर्केको थियो ।

साफ जानुअघि नेपालले डिसेम्बर १७ मा बंगलादेश संग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्यो, त्यसमा नेपालले १–० को हार बेहो¥यो । त्यो मैत्रीपूर्ण खेलपछि नेपाललाई बंगबन्धु गोल्ड कपमा भाग लिन बंगलादेश फुटबल संघले प्रस्ताव ग¥यो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रस्ताव स्वीकार्दै साफ च्याम्पिसिपमा कमजोर प्रदर्शन वावजुद टोलीलाई बंगबन्धु गोल्डकप पठाउने निर्णय लियो ।
पूर्व प्रशिक्षक प्याट्रिक अजेम्सको नेतृत्वमा राम्रो प्रदर्शन गर्न नसकेपछि एन्फाले दक्षिण एसियाली खेलकुदलाई मध्यनजर राख्दै राष्ट्रिय टोलीलाई भन्दा १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा खेल्ने युवा खेलाडीलाई समेट्दै बंगबन्धु गोल्डकप पठाउने निधो ग¥यो । साफ च्याम्पियनसिपमा राष्ट्रिय टोलीको कप्तान रहेका अनिल गुरुङ साग टोलीमा नपरेपछि बिराज महर्जनलाई कप्तानको जिम्मेवारी दिइयो, जुन स्वभाविक थियो । त्यसअघी अजेम्सले उपकप्तानमा रोहित चन्द र बिराजलाई चुनेका थिए । बिराजको कप्तानीमा नेपाली टोलीले माघमा बंगबन्धु गोल्डकप जित्यो । अधिकांश तीनै खेलाडी र बिराजकै कप्तानीमा अर्को महिना नेपालले साग यू २३ मा पनि स्वर्ण पदक जित्यो । प्याट्रिकको नेतृत्वमा रहेको साफको टोलीमा केही मात्र फेरवदल रहेको ती दुई प्रतियोगितामा प्रशिक्षण जिम्मेवारी बालगोपाल महर्जन (बंगबन्धु गोल्डकप) र राजु काजी शाक्य (साग यू २३) लाई जिम्मेवारी दिइएको थियो ।
सागको समाप्तिसंगै नेपालले जापानी ग्योतोकु कोजिको रुपमा नयाँ प्रशिक्षक पायो । मलेसिया यु २२ र लाओस विरुद्ध खेलेको मैत्रीपूर्ण खेल मध्य प्रशिक्षक कोजिले युवा खेलाडीहरुलाई मात्र मलेसियाको खेलमा लागे र त्यहाँ पनि कप्तान बिराज नै थिए । लाओस संगको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा भने अनिललाई फेरी कप्तानीको जिम्मेवारी दिईएको थियो र उनले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरे । सोलिडारिटी कपको अन्तिम नामावली घोषणा हुँदा पनि जापानिज प्रशिक्षक ग्योतोकु कोजिले नेपालको कप्तान अनिल गुरुङलाइ नियुक्त गरेका थिए । पहिलो रोजाइमा नअटाएकाले बिराजले कार्यवाहक कप्तानको भूमिका निर्वाह गरेका हुन् ।
सामान्यतया, विदेशी टोलीमा पनि सिनियर खेलाडी बेन्चमा रहेका हुन्छन् । तर, कुनै समयमा उक्त खेलाडी जो नियमित कप्तान छ, उसले मैदान प्रवेश गरेमा कप्तानीको जिम्मेवारी उनैलाई दिने चलन छ । यो गर्नैपर्ने नियम छैन तर सम्मान स्वरुप कप्तानीको जिम्मा नियमित कप्तानले पाउने गरेको हुन्छन् । नेपालको मामलामा भने बिराजले अनिल गुरुङलाई कुनै खेलमा पनि यसो गरेको देखिएन । यसको नतिजा यहाँसम्म पुग्यो कि, जब नेपाली टोलीले फाइनलमा मकाउ लाई पराजित गर्यो, उक्त समयमा कप्तानको बिल्ला बिराजकै पाखुरामा थियो । उनै विजयी ट्रफी लिन अगाडी बढेका थिए ।
सामान्यतया नियमित कप्तानले नै विजयी ट्रफी उठाउने चलन रहेको छ । नियमित कप्तानले फाइनल नै गुमाएपनि ट्रफी भने उनैले उठाउने गरेको देखिन्छ । नेपाली टोलि सोलिडारिटी कप विजयी भएर आएपछि प्रधानमन्त्री निवासमा गरिएको सम्मानमा पनि प्रधानमन्त्री पुष्पकमल दहालले कप्तानमा बिराजकै नाम लिए । त्यसपछि भएको जापानी टोलीसंगको मैत्रीपूर्ण खेलमा बिराज महर्जनले कप्तानको रुपमा खेल सुरु गरे तर उनलाई सब्स्टिच्युट गर्दा अनिल गुरुङ मैदानमा हुँदाहुँदै पनि उनले बिक्रम लामालाई बिल्ला दिने प्रयास गरे । खेलपश्चात कप्तानलाइ दिइएको मायाको चिनो पनि बिराजकै हात लागेको थियो ।
अहिले नेपालमा विभिन्न संघ संस्थाले केहि कार्यक्रममा राष्ट्रिय टोलीको कप्तान भनेर विराज महर्जनलाइ नै सम्मान गरिएको देखिन्छ । नेपाली टोलीले फिफा र एएफसीको मान्यता प्राप्त प्रतियोगितामा अनिलनै कप्तानका रुपमा दर्ता गरिएका छन् । तैपनि उनको सट्टामा बिराजलाई बढी महत्व दिइनुमा गल्ति एन्फा व्यवस्थापनको पनि उतिकै छ ।
खेलको सुरुवाती एघारमा अनिल भन्दा भरत र नवयुग पहिलो रोजाईमा परेको कारणले कप्तानी पाएका बिराजलाइ, नेपाली टोलीको कप्तान भन्न मिल्छ र ? कार्यवाहक अध्यक्षलाई जतिनै राम्रो कार्य गरेपनि अध्यक्ष भनेर कहिले सम्बोधन गर्न नपाइने सबैले बुझ्न आवश्यक छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]