9 years ago
December 11, 2016
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले एएफसी कपको प्ले अफ खेल्न नपाउनुमा अखिल नेपाल फुटबल संघ (एन्फा) कति दोषी छ र अब के गर्ने भन्ने विषयमा केहि दिन भित्र पत्रकार सम्मेलनमार्फत आधिकारिक धारणा सार्वजनिक गर्नेे भएको छ ।

एन्फाले सचिवालय कमजोरी भएको स्वीकार्दै हालै उपाध्यक्षमा मनोनित वीरबहादुर खड्काको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । एन्फाको जवाफी पत्रका बारेमा छलफल गर्न र नयाँ रणनीतिका लागि क्लबले आइतबार कार्यसमितिको बैठक राखेको थियो ।
बैठकमा क्लबका पूर्व पदाधिकारी, खेलाडी र शुभचिन्तकको सुझाव पनि लिइएको क्लबका महासवि सञ्जिव शिल्पकारले जानकारी दिए । ‘एन्फाका कारण क्लबलाई मात्र होइन नेपाली फुटबललाई नै ठूलो क्षति भएको छ, यसलाई एन्फाले पनि स्वीकारेको छ’ महासचिव शिल्पकारले भने,‘हामी अहिले पनि छलफल कै क्रममा छौं । अब क्लबले अघिल्लो कदम के चलाउने भन्ने विषयमा केही दिनमै आधिकारिक धारणा सार्वजनिक गर्नेछौं ।’
अगस्टमा एएफसी कपको समूह चरणमा विजेता बनेर छनोट भएको थ्री स्टार एन्फाको लापरवाहीका कारण प्ले अफ खेल्नबाट बञ्चित भएको थियो । पटक पटक क्लब दर्ताका लागि एसियाली फुटबल महासंघ (एएफसी) ले पत्राचार गरेपनि एन्फाले आफै पनि दिएन र थ्री स्टारलाई पनि कुनै सुचना गरेन । जसका कारण पहिलो पटक आयोजना हुने एएफसी कपमा छनोट चरण पार गरेर पनि थ्री स्टार खेल्नबाट बञ्चित भएको छ ।
थ्री स्टारले सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का साथै एएफसी र फिफामा समेत अपिलका विषयमा पछि छलफल चलाएको छ । एन्फाले गठन गरेको छानविन समितिलाई १५ दिन भित्र सत्यतथ्य छानविन गरि प्रतिवेदन बुझाउन भनेको छ । त्यसका आधारमा दोषी माथि कारवाही गर्नेमा एन्फाले थ्री स्टारलाई आश्वस्त पार्ने प्रयास पनि गरेको छ ।
एएफसीबाट एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ, महासचिव धिरेन्द्र प्रधान, सिइओ इन्द्रमान तुलाधर तथा दुई कर्मचारी गोकुल थापा र बसन्त रिजाललाई इमेल पठाएपनि कसैले पनि त्यसको जवाफ नदिएपछि थ्री स्टारको सहभागिता भएन । थ्री स्टारको ठाँउ एएफसीले समूह चरणमा दोस्रो भएको मंगोलियाको इर्चिम क्लबलाई मौका दिएको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]