9 years ago
December 27, 2016
लन्डन (एजेन्सी)– म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि दौडलाई कायम राख्ने क्रममा सोमबार राती हल सिटीलाई ३–० ले हराएको छ । खेलेको अन्त्यतिर १८ मिनेटमा गोल गर्दै सिटीले जित हासिल गरेको थियो ।

याया टुरेले ७२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । त्यसको छ मिनेटपछि कोलिची इहिनाचोले गोल गर्दै अन्तरलाई दोब्बर पारे । रहिम स्टेर्लिङको क्रसमा इहिनाचोले गोल गरेका हुन् । इन्जुरी समयमा हलका क्रुटिस डेभिसले आत्मघाती गोल गरेपछि सिटीको जित थप सहज बनेको थियो । स्टेर्लिङको प्रहार रोक्ने क्रममा डेभिसको आत्मघाती गोल भएको थियो । जितपछि १८ खेलमा ३९ अंक जोेडेको सिटी दास्रो स्थानमा उक्लेको छ ।
चेल्सी ४६ अंकसहित शीर्षस्थानमा छ । एक खेल कम खेलेको लिभरपुल (३७) तेस्रो स्थानमा छ । समान अंकको आर्सनल चौथो स्थानमा छ । गएरातिको जितपछि १८ खेलबाट ३९ अंक भएको सीटी दोस्रो स्थानमा उक्लियो। शीर्ष स्थानको चेल्सीको ४६ अंक छ। एक खेल कम खेलेको लिभरपुलको ३७ अंक सहित तेस्रो स्थानमा छ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]