3 years ago
January 28, 2023
एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपको दौरान रेफ्रीविरुद्ध आक्रोशित रुपमा प्रस्तुत भएका उरुग्वेका ४ खेलाडीलाई कारवाही गर्ने निर्णय लिएको छ ।

उरुग्वेले समूह चरणको अन्तिम खेलमा घानालाई २-० लाई पराजित गरेपनि नकआउट चरणमा स्थान पक्का गर्न सकेको थिएन । उक्त खेलको अन्त्यतिर रेफ्रीको निर्णयप्रति उरुग्वेका खेलाडीले असन्तुष्टि जनाएका थिए । खेलपछि रेफ्रीविरुद्ध अभद्र व्यवहार गरेका खेलाडीलाई फिफाले कारवाही गरेको हो ।
वैकल्पिक गोलरक्षक फर्नान्डो मुस्लेरा र डिफेन्डर जोसे मारिया जिमिनेजले ४ खेलको निलम्बन भोगेका छन् । त्यस्तै डिएगो गोडीन र एडिन्सन काभानीले १-१ खेल गुमाउनेछन् । त्यस्तै सबै खेलाडीले फुटबल सम्बन्धित सामाजिक कार्यमा समय बिताउनु पर्ने र १७ हजार ५ सय पाउन्ड जरिवाना तिर्नुपर्नेछ ।
फिफाले उरुग्वेली फुटबल महासंघलाई पनि कारवाही गरेको छ । उक्त खेलमा समर्थक र टोलीका पदाधिकारीको व्यवहारलाई कारण देखाउँदै फिफाले कारवाही गरेको हो । उरुग्वेले ४४ हजार पाउन्ड जरिवाना तिर्नुका साथै अर्को घरेलु खेलमा आधा मात्र दर्शक राख्न पाउनेछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]