default_image

3 years ago

January 29, 2023

शीर्षस्थानको बायर्नको अर्काे बराबरी

220 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले अर्काे बराबरीको नतिजा निकालेको छ । बायर्न घरेलु मैदानमा फ्रान्कफुर्टसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

१२ नोभेम्वरमा साल्केलाई २–० ले पराजित गरेयता, बायर्नले मैत्रीपूर्ण खेलसहित पछिल्लो चार खेलमा जित निकाल्न सकेको छैन । बायर्नले आरबी लाइप्जिग र कोल्नसँग समान १–१ गोलको बराबरी खेलेको छ ।

एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलमा बायर्नका लिरोए सानेले गोल गर्दा फ्रान्कफुर्टका रान्दल कोलो मुएनीले गोल फर्काए ।

३४औं मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्नलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनले थोमस मुलरको पासमा गोल गर्न सफल भएका थिए । तर, बायर्नले त्यो अग्रतालाई जोगाउन सकेन ।

६९औं मिनेटमा रान्दल कोलो मुएनीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले दाइची कामदाको पासलाई सदुपयोग गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

यस बराबरीसँगै बायर्नले आफ्नो शीर्षतालाई मजवुत बनाउने मौका गुमाएको छ । शीर्षस्थानमा रहेको बायर्नको १८ खेलबाट ३७ अंक छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको युनियन बर्लिनको ३६ अंक छ । फ्रान्कफुर्ट ३२ अंक जोडेर पाँचौ स्थानमा छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.